हाम्रो खबरपाटीको कार्यालय उद्घाटन्

2020-10-05 मा प्रकाशित

इटाभट्टा, १९ असोज । स्थानीय समाचारलाई प्राथमिकता दिदै आएको कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्धारा सञ्चालित हाम्रो खबरपाटी डटकमको कार्यालय सोमवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

इटाभट्टा चोक उत्तरमा रहेको मिडियाको कार्यालय उद्घाटन प्रदेश सांसद श्रीप्रसाद मैनालीले रिवन काटेर गरेका हुन् । हाम्रो खबरपाटी विगत तीन वर्षदेखि मेचीनगरबाट सञ्चालित छ । छोटो समयमा लोकप्रिय र विश्वसनीय समाचार प्रकाशन गर्दै आएको मिडियाले स्थानीय समाचारलाई प्राथमिकता दिने गरेको हाम्रो खबरपाटी डटकमका सञ्चालक÷प्रधान सम्पादक युवराज आचार्यले बताए ।

मिडियाका प्रबन्धक विष्णु भट्टराईको अध्यक्षतामा आज भएको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रीप्रसाद मैनालीले मिडिया र मिडियाकर्मीको क्षेत्रमा सहयोग गर्न आफू सदैव तयार रहेको बताए । उनले डिजिटल मिडियाले विषम परिस्थितिमा अझ बढी सक्रिय भएर लागेकाले पनि सम्पूर्ण पत्रकारको भूमिका अहम् रहेको उल्लेख गरे ।

जनप्रतिनिधि, राजनीतिक दलका अगुवा, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीको उपस्थिति रहेको कार्यक्रममा पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य मोहन काजी, प्रेस संगठन झापा अध्यक्ष मुक्ति पौडेल, प्रेस क्लब मेचीनगर अध्यक्ष लक्ष्मी उप्रेती, मेचीनगर वडा नं ८ का अध्यक्ष विकेन्द्र कुमार धिमाल, नेपाली काँग्रेस वडा नंं। ८ सभापति गिरिराज धमला, प्यासिफिक टेक्निकल टे«डिङ्ग सेन्टरका केन्द्रीय प्रमुख शंकर भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

युवराज आचार्यले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य हाम्रो खबरपाटीका फोटो पत्रकार मुकुन्द भट्टराईले गरेका थिए । कार्यक्रममा अग्रज व्यक्ति हरिलाल आचार्य, नेकपा जिल्ला नेता लालबहादुर थामी, काँग्रेस मेचीनगर ७ का वडा सभापति कञ्चन बराल, वडा नं ८ सदस्य गंगा पाठक, हेम कार्की, अर्जुन राजवंशी, अमर कुँवर लगायतको आतिथ्यता रहेको थियो ।

यसैबीच, पब्लिकेशन प्रालि र प्यासिफिक ट्रेडिङ्ग सेन्टरबीच तालिम सञ्चालन गर्नेगरी सम्झौता भएको छ । दक्ष जनशक्ति उत्पादन गर्न बेरोजगारीलाई तालिम दिएर दक्ष बनाइने प्यासिफिकका केन्द्रीय प्रमुख शंकर भट्टराईले जानकारी दिए । उक्त तालिम मेचीनगर क्षेत्रमा सञ्चालन गरिनेछ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु