जिल्ला सहकारी संघको निर्वाचन : नेकपाएमालेले सहमाति कार्यान्वयन नगरेपछि कांग्रेसले लगायो ताला

2025-04-25 मा प्रकाशित

झापा । एमालेले सहमति पालना नगरेको भन्दै निर्वाचनको अधिल्लो दिन नेपाली कांग्रेस समर्थक सहकारीकर्मीहरुले झापा जिल्ला सहकारी संघको कार्यालयमा तालाबन्दी गरेका छन् ।
किचलोका कारण तीन पटकसम्म निर्वाचन मिति सारेर अन्ततः भोलि बैशाख १३ गतेका लागि निर्धारण गरिएको निर्वाचपनि अनिश्चिित बनेको छ ।

सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको भागवण्डाको सहमति एमालेले पालना नगरेको भन्दै कांग्रेस समर्थक सहकारीकर्मीहरुले निर्वाचन नै हुन नदिने गरी तालाबन्दी गरेका हुन् ।

आज साँझ ६ बजे दुर्गाप्रसाद सापकोटालगायतको टोलीले सहकारीको निर्वाचन रोकिनु पर्ने माग राख्दै निर्वाचन समितिको कार्यालयमा तालवान्दी गरेका हुन् । नेकपा एमाले र नेपाली कांग्रेसले गत चैत २३ गते दुई दलबीच पदको भागवण्डा गर्दै चुनावी गठबन्धन बनाउने सहमति गरेका थिए ।

नेकपा एमालेको भागमा अध्यक्ष , खुल्ला उपाध्यक्ष , सचिव , कोषाध्यक्ष , लेखा समिति संयोजक , लेखा समिति सदस्य (महिला), ३ वटा खुल्ला सदस्य , ३ वटा खुल्ला महिला सदस्य , र क्षेत्रगत रुपमा क्षेत्र नं १, ३ र ४ गरी ३ सदस्य परेको थियो । त्यस्तै कांग्रेसको भागमा वरिष्ठ उपाध्यक्ष , महिला उपाध्यक्ष , सहसचिव , क्षेत्रगतरुपमा क्षेत्र नं २ र ५ को सदस्य र लेखा समिति सदस्य परेको थियो ।

त्यस सहमतिमा नेकपा एमालेका अध्यक्ष प्रेम गिरी , एमाले कोशी प्रदेश सदस्य घनश्याम अधिकारी , एमालेका सहकारी विभाग प्रमुख हरिदास ढुंगाना , कांग्रेसका तर्फबाट जिल्ला सभापति देउकुमार थेबे , जिल्ला सचिव कृष्ण हुमागाँई र कांग्रेसका सहकारी विभाग प्रमुख दुर्गाप्रसाद सापकोटाले हस्ताक्षर गरेका थिए ।

दुईदलीय सहमति अनुसार अध्यक्षमा एमालेका तर्फबाट प्रेमकुमार कोइराला सर्वसम्मत भइसक्दा कांग्रेसको भागमा परेको केही पदहरुमा भने एमाले सहकारीकर्मीहरुले पनि उम्मेद्वारी दिएका थिए । सहमति पालना गराउन कांग्रेसको जिल्ला नेतृत्वले एमालेको जिल्ला नेतृत्वलाई पटकपटक आग्रह गर्दा पनि अटेर गरी उम्मेद्वारी नछोड्दा कांग्रेसले तालाबन्दी गरेको जनाएको छ । सहमतिविपरित कांग्रेसको भागमा परेका सहसचिव र क्षेत्रीय सदस्य पदमा एमालेका तर्फबाट पनि उम्मेद्वारी दर्ता भएपछि विवाद उत्पन्न भएको हो ।

अध्यक्षमा प्रेमकुमार कोइराला , वरिष्ठ उपाध्यक्षमा दुर्गाप्रसाद सापकोटा , महिला उपाध्यक्षमा देवी निरौला बस्नेत , कोषाध्यक्षमा केशव बस्नेत , महिला सदस्यहरुमा विन्दाकुमारी थापा , निलाकुमारी दाहाल , संगिता गजुरेल , पुष्पा अधिकारी ९चम्लागाँई ० क्षेत्रीय सदस्य क्षेत्र नं १ मा देवीमाया अधिकारी , क्षेत्रीय सदस्य क्षेत्र नं ३ मा हरिकृष्ण अधिकारी , क्षेत्रीय सदस्य क्षेत्र नं ४ मा तिलकप्रसाद सिंह राजवंशी सर्वसम्मत भएका थिए । त्यस्तै लेखा सुपरीवेक्षण सदस्यमा मिलन आचार्य र लेखा सदस्यमा राजेन्द्रप्रसाद रिजाल पनि सर्वसम्मत भएका थिए ।

त्यसबाहेक अन्य पदमा दुईदलीय गठबन्धनभित्रैबाट एकभन्दा बढीले उम्मेद्वारी दिएका छन् । खुल्लातर्फको उपाध्यक्षमा अर्जुन दंगाल , डिल्ली दाहाल र नारायणप्रसाद भट्टराई , सचिवमा भवानीप्रसाद दंगाल , युवराज गिरी र लक्ष्मीप्रसाद बाँस्कोटा , सहसचिवमा टसबहादुर श्रेष्ठ र विनोद ढकालले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै तीन खुल्ला सदस्य पदका लागि ६ जनाले उम्मेद्वारी दिएका छन् । काशिनाथ घिमिरे , कृष्ण पौडेल , चक्रबहादुर लिम्बू , ढुण्डीराज गुरागाँई , नारायणप्रसाद गौतम र प्रेमसागर सापकोटाले उम्मेद्वारी दिएका हुन्। त्यस्तै क्षेत्रीय सदस्य क्षेत्र नं २ बाट युवराज गौतम र लवकुमार चौधरी , क्षेत्रीय सदस्य क्षेत्र नं ५ बाट पदम लिम्बू लिङ्देन र विरेन्द्र पोखरेलले उम्मेद्वारी दिएका छन्। त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकका लागि खडानन्द गुरागाँई र चुडामणि ओझाले उम्मेद्वारी दिएका छन् ।

निर्वाचन समितिले पूर्वनिर्धारित निर्वाचन कार्यक्रमलाई एकपक्षीय ढंगले प्रभावित गरेर विनासहमति निर्धारित समय सकिएपछि समेत पटक ÷ पटक समय थप गरी उम्मेद्वारी दर्ता र उम्मेद्वारी फिर्ता लिने कार्य गरेको भन्दै कांग्रेसका सहकारी विभाग प्रमुख दुर्गाप्रसाद सापकोटालगायतको टोलीले सहकारीको निर्वाचन रोकिनु पर्ने माग राख्दै निर्वाचन समितिको कार्यालयमा तालवान्दी गरेका हुन् ।

निर्वाचन प्रक्रियालाई पटक पटक सार्दै चुनाव प्रचार प्रसारका लागि समेत पर्याप्त समय उपलब्ध नगराएको उनीहरुको आरोप छ । निर्वाचन प्रक्रियालाई स्वच्छ गराउनका लागि विश्वसनीय वातावरण नभएसम्म निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएको सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै नेपाली कांग्रेस झापाले समेत सहकारीको निर्वाचनका विषयलाई लिएर विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेद्वारा जारी विज्ञप्तिमा झापा जिल्ला सहकारी संघको निर्वाचनको सवालमा सत्तापक्षीय प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमाले झापा जिल्ला नेतृत्व र दुबै दलको सहकारी विभागका बीचमा मिति २०८१ चैत २३ गते भएको लिखित सहमति नेकपा एमाले पक्षबाट उल्लंघन गरिएकोप्रति आपत्ति रहेको उल्लेख छ ।
सहकारी संघको निर्वाचन समितिले समेत पूर्वनिर्धारित निर्वाचन कार्यक्रमलाई एक पक्षीय ढंगले प्रभावित गरेर विनासहमति निर्धारित समय सकिएपछि समेत पटक ÷ पटक थप उम्मेद्वारी दर्ता र उम्मेद्वारी फिर्ता लिने कार्य गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्झौता अनुसार बाँडफाट गरिएका पदहरुमा नेपाली कांग्रेसको तर्फबाट इमान्दारिता पालना गर्दै उम्मेद्वारी दर्ता गरिएको तर एमाले पक्षबाट नेपाली कांग्रेसको भागमा परेका सह–सचिव र सदस्य लगायतका पदमा सहमति बिपरित दोहोरो उम्मेद्वारी दर्ता गरेर लिखित सहमति तोड्ने कार्य भएको भन्दै असहमति प्रकट गरेको नेपाली कांग्रेसले दुई दलबीच भएका भद्र र लिखित सहमतिलाई पालना नगर्ने हो भने नेकपा एमालेसँगको आगामी दिनको सहकार्यमा थप कठिनाई उत्पन्न हुने चेतावनी दिइएको छ ।

दुई दलीय गठबन्धनसंगै माओवादी र राप्रपानिकट सहकारीकर्मीहरुले पनि उम्मेद्वारी दिएका छन् । झापा जिल्ला सहकारी संघमा ३१३ जना सदस्य रहेका छन् । त्यसमा एमालेनिकट बढी रहेका छन् । झापा जिल्ला सहकारी संघमा वर्चस्व कायम गर्दै आएको एमालेले विरासत यथावत राख्न खोजेको देखिएको छ । कांग्रेसले तालाबन्दी गरेपनि निर्वाचन कार्यक्रम नरोकिने झापा जिल्ला सहकारी संघले जनाएको छ । प्रतिदिन दैनिकबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु