झापामा थप ४ जनामा कोरोना पुष्टि

2020-10-05 मा प्रकाशित

झापा । झापामा सोमबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोड नगरपालिका वडा नं। ५ का १ पुरुष, दमक नगरपालिका वडा नं १, ५ का १ पुरुष र १ महिला, गौरादह नगरपालिका वडा नं ६ का १ पुरुष रहेका छन् ।

सोमबार संक्रमित सबै स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

झापामा कुल संक्रमितको संख्या ९३५ पुग्दा ८३२ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने सक्रिय संक्रमितको संख्या ९३ रहेकोे छ ।

झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु