प्रथम निलसरी च्यालेन्ज कप : उर्लाबारीलाई पराजित गर्दै आयोजक सेमिफाइनल प्रवेश

2025-05-09 मा प्रकाशित

मेचीनगर । आयोजक युथ क्लब जोरसिमलसंगको सुरूवाती अग्रता जोगाउन नसक्दा उर्लाबारी एफसी मोरङ झापाको मेचीनगर ७ स्थित जोरसिमलमा जारी ूप्रथम निलसरी च्यालेन्ज कप २०८२ू अन्तर्गत पहिलो खेलबाटै घर फर्किएको छ ।

प्रतियोगिताको आज सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा आयोजकले उर्लाबारीलाई ४(१ गोल अन्तर पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ ।

खेलको सुरूवाती अग्रता उर्लाबारी एफसीले लिएको थियो । उर्लाबारीका लागि खेल सुरू भएको १२ औं मिनेटमा नै राम थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाप पुर्ण रूपमा आयोजकमाथि दबाब राखेको उर्लाबारी दोस्रो हापमा केही अवसरहरू गुमाउँदा थप गोल गर्न सकेन ।

यता खेलाडीमा तालमेल नमिल्दा लय गुमाएको आयोजक दोस्रो हापमा सुधारिएर खेलेको थियो । उर्लाबारीलाई दबाबमा राख्दै आयोजकले खेलको ४८ औं मिनेटमा बराबरीको स्थिति बनायो । उक्त गोल अरून मेचेले गरेका थिए । आयोजकका अभिनास चौधरीले खेलको ७० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस्तै अरून मेचेले ८२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । विवेक राजवंशीले ८४ औं मिनेटमा थप गोल गर्दै टिमको जित सुनिश्चित गरे ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेका विजेता टिमका अरून मेचे म्यान अफ द म्याच घोषित भए । उनलाई मेचीनगरका प्रवक्ता दिपक बराल, नगर खेलकुद विकास समिति उपाध्यक्ष रविन ओझा, पुर्व झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष चन्द्र प्रसाईलगायतले नगद दुई हजार पाँच सयसहित ट्रफी प्रदान गरे ।

अन्तिम क्वाटरफाइनल खेल अन्तर्गत भोलिको खेल बेलबारी एफसी मोरङ र युनाइटेड कर्साङ एफसी भारत बिच दिनको ४ बजेबाट हुने आयोजक समितिका सचिव सञ्जय मेचेले जानकारी दिए ।

प्रतियोगिताको विजेताले २ लाख नगदसहित ट्रफी तथा उपविजेता १ लाख प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा म्यान अफ द सिरिजले पाँच हजार प्राप्त गर्नेछन् भने प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५ सय प्राप्त गर्नेछन् । त्यस्तै अन्य व्यक्तिगत विधामा पनि नगदसहित पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष सुन्दर मेचेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु