मेचीनगर –५ स्थित पाथीभरा मन्दिरमा प्राण प्रतिष्ठाकोलागि अनुष्ठान सुरु

2025-05-10 मा प्रकाशित

सुरेन्द्रनगर । मेचीनगर – ५ स्थित नवनिर्मित पाथीभरा मन्दिरमा शनिबारबाट धार्मिक अनुष्ठान सुरु गरिएको छ । नवनिर्मित पाथीभरा मन्दिरमा मूर्ति प्राण प्रतिष्ठा गर्ने उद्देश्यका साथ अनुष्ठान सुरु गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष ज्योती प्रकाश पाठकले जानकारी दिए । सो क्षेत्रमा स्थानीय लक्ष्मीप्रसाद श्रेष्ठले १ कठ्ठा बढी जमिन मन्दिर निर्माणको लागि निःशुल्क प्रदान गरेपछि एक वर्ष अधि श्रीमद् देवी भागवत महापुराण आयोजना गरेर समितिले मन्दिर निर्माण कार्य सुरु गरेको थियो । मन्दिर निर्माण कार्य पुरा भएसँगै मूर्ति ल्याएर प्राण प्रतिष्ठाको लागि तीन दिने धार्मिक अनुष्ठान सुरु गरिएको समितिले जनाएको छ । सो क्षेत्रमा समाजसेवी श्रेष्ठले केही वर्ष अघि निजी मन्दिर निर्माण गरेका थिए । सोही मन्दिर समुदायलाई हस्तान्तरण गरेसँगै समिति निर्माणगरी मन्दिर पूनः निर्माणको काम अघि बढाइएको थियो ।
प्राण प्रतिष्ठाको विधी अनुसार शनिबार साँझ पाथीभरा माता तथा देवी भगवतीको मूर्तिमा विधि पूर्वक कपडाले छोपियो आज साँझ फलफूलले ढाकिने र भोलि आइतबार साँझ अन्नले पुरिने र सोमबार विधी पूर्वक मूर्ति प्राण प्रतिष्ठा हुने समितिले जनाएको छ ।
तीन दिनसम्म ब्यासाचार्य पण्डित सोमनाथ सुवेदीले चण्डि पाठ तथा संगीतमय कथा वाचन गर्ने भएका छन् ।
मन्दिर निमांणको लागि यस अघि मेचीनगर – ५ वडाकार्यालयले समेत रु ५ लाख रपैयाँ प्रदान गरेको थियो । मन्दिर निर्माण भएपछि स्थानीय उत्साहित बनेका छन् । सो क्षेत्रका महिला दिदी बहिनीहरुको सक्रियतामा साप्ताहिक भजन किर्तन समेत सञ्चालन गरिँदै आएको पाथीभरा किर्तन मण्डलीकी अध्यक्ष जानुका गिरीले जानकारी दिइन् । साप्ताहिक रुपमा सत्संघ भजन सञ्चालन पछि समाजमा धार्मिक जागरण आएको तथा संस्कार युक्त समाज निर्माणमा योगदान पुगेको उनको भनाइ छ । अनुष्ठान सोमबार सम्पन्न हुने छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु