समन्वय समिति प्रमुख पोर्तेललाई कोरोना

2020-10-07 मा प्रकाशित

बिर्तामोड, २१ असोज । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।मेची प्रादेशिक अस्पतालका अध्यक्ष समेत रहेका पोर्तेलले सोही अस्पतालमा हिजो स्वाव परीक्षण गर्न लगाएका थिए ।

त्यसको आज बिहान रिपोर्ट पोजेटिभ आएको हो । उनले फेसबुकमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिदै आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् । आफूले भेटेका धेरै साथीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि आफूले शंका लागेर परीक्षण गर्न लगाएको उनले बताए । संक्रमणपछि आफू होम आइसोलेसनमा बसेको उनले जनाए ।आफूलाई कुनै लक्षण भने नदेखिएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु