झापामा आज २४ जनामा कोरोना संक्रमण पुष्टि

2020-10-07 मा प्रकाशित

मेचीनगर, २१ असोज । झापामा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा स्वास्थ्यकर्मी र कैदी बन्दीसमेत रहेका छन् ।
त्यसमध्ये दुई महिने बच्चाको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले भद्रपुर नगरपालिका–४, ५, ८ र ९ नम्बर वडाका २८, ४६, १७, २५, २९, २९, २२ वर्षका ९ जना पुरुष, अर्जुनधारा नगरपालिका–५ का ५३ वर्षका १ जना पुरुष, बिर्तामोड नगरपालिका–३ र ५ नम्बर वडाका २४, ४३, ५३, २३, २२, २४, ४०, ४२ र ५० वर्षका ३ जना महिला र ६ जनालाई कोरोना संक्रमण भएको बताए ।

त्यस्तै गौरादह नगरपालिका वडा नम्बर ९ का ५३, १३ र ५६ वर्षीय १ जना महिला र २ जना पुरुष, कनकाई नगरपालिका वडा नम्बर २ का २७ वर्षीय पुरुष र कचनकवल गाउँपालिका वडा नम्बर ३ का १७ वर्षीय महिलालाई कोरोना संक्रमण भएको चौलागाईले बताए ।

उनीहरु मध्ये भद्रपुरका ३ जना कैदीबन्दी, १ जना इलाम, १ जना ओखलढुंगा र एक जना दुईमहिने बच्चा रहेका छन् । बच्चाको मृत्यु भएको छ ।बिर्तामोडका ३ जना स्वास्थ्यकर्मी मध्ये १ जना मेचीनगर–१०, २ जना मोरङ र हल्दीबारी–२ का हुन् । उनीहरु अस्पतालका कर्मचारी हुन् । अर्का १ जना ताप्लेजुङ ठेगाना भएका १ जना कैदीबन्दी हुन् भने कनकाईका १ जना धरान अस्थायी घर भएका बैँकका कर्मचारी रहेको चौलागाईले जानकारी दिए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ९७८ पुगेको छ । त्यसमध्ये ८३९ जना निको भएर घर फर्किएका छन् । हालसम्म झापामा ११ जनाको मृत्यु भईसकेको छ । अहिलेसम्म २७ हजार ३ सय १८ जनाको स्वाबको नमुना संकलन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु