१३१ किलो गाँजासहित एकजना पक्राउ

2020-10-08 मा प्रकाशित

वीरगञ्ज,२२ असोज ।प्रहरीले बिहीबार पर्साको पटेर्वासुगौली(५ देवरियाबाट १३१ केजी अवैध लागूऔषध गाँजासहित एक ब्याक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० वर्षीय राजु भनिने राज ओझैया रहेका छन् ।

राजुको घरमा बिहीबार बिहान छापा मार्दा लुकाएर राखिएको अवस्थामा १३१ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।प्रहरीका अनुसार पक्राउ परेका राजु वडा नम्बर ५ का वडा सदस्य दुखी ओझैया थारुका छोरा हुन् । वडा सदस्य दुखीभने छोरासँग छुट्टिएर बसेको र कारोबारमा संलग्न नदेखिएको प्रहरीको दाबी छ ।उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु