‘अन्तराष्ट्रिय पर्यटकलाई आकर्शित गर्न हाम्रो आचरण र व्यवहारमा सुधार ल्याउनु पर्छ’

2025-06-03 मा प्रकाशित

मेचीनगर । अन्तराष्ट्रिय पर्यटकहरुलाई हाम्रो व्यवहार, आचरण र उनीहरुलाई गरिने सत्कारले प्रभाव पार्ने भएकोले हाम्रो आचरणमा सुधारल्याउनु पर्ने सरोकारवालाहरले बताएका छन् ।
होटल व्यवसयीसंघ र पर्यटन कार्यालयले सोमबारबाट काँकरभिट्टामा आयोजना गरेको दुई दिवसीय प्रशिक्षण कार्यक्रममा सहभागिहरुले अन्तराष्ट्रिय पर्यटकहरुलाई पूर्वी नाकाबाट कसरी बढी भन्दा बढी भित्राउन सकिन्छ र त्यसकालागि कस्तो भूमिका निर्वाह गर्ने भन्ने विषयमा खुलेर चर्चा गरे ।


होटल व्यवसायी संघका अध्यक्ष सुरेश कुमार श्रेष्ठ ( गोपाल) को सभापतित्व तथा मेचीनगर – ६ का वडाध्यक्ष ललित बहादुर तामाङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा होटल,व्यवसायी, यातायात ब्यवसायी, अटोरिक्सा व्यवसायी, पर्यटन व्यवसायी लगायत बिभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई पर्यटन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख छविलाल खतिवडा र प्रशिक्षक आकाश श्रेष्ठले सहजीकरण गरेका थिए । पर्यटकहरुलाई कहाँ बस्ने र घुम्ने भन्ने कुरा हाम्रो व्यवहार र आचरणले प्रभाव पार्छ,’ खतिवडाले भने, ‘तपाईँहरुले मुस्कान सहितको व्यवहार गर्नुभयो भने यसले सकारात्कम प्रभाव पार्छ ।’ उनले मेचीनगर तथा झापा जिल्ला र त्यसभन्दा बाहिर थुप्रै पर्यटकीय गन्तब्य रहेको भन्दै घुम्न आउने पर्यटकहरुलाई हाम्रा पर्यटकीय गन्तब्यका बारेमा बुझाएर पठाउन र व्यवहार गर्न आग्रह गरे । पर्यटकहरुलाई आकर्शित गर्ने पहिलो माध्यम मानवीय आचारण र व्यवहार उनको भनाइ थियो ।
सहभागिहरुले पूर्वी नाकालाई व्यवस्थित गरेर पर्यटकहरुलाई आकर्शित गर्न सरकारले धेरै प्रयत्न नगरेको गुनासो समेत गरेका थिए ।
कार्यक्रममा पूर्वी मेची बस यातायात प्रालिका अध्यक्ष बिष्णु श्रेष्ठ, झापा जिल्ला ट्रभल्स संघका अध्यक्ष निरबहादुर कार्की, माइती नेपालका संयोजक गोविन्द घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।
वरिष्ठ उपाध्यक्षमा मानबहादुर गिरीेले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिवमा हस्तबहादुर तामाङले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु