धुलाबारीमा शुरु भयो ‘बार टेण्डर’ सम्बन्धी क्षमता अभिवृद्धि तालिम

2025-06-04 मा प्रकाशित

मेचीनगर । धुलाबारीमा झापा जिल्लाभरका युवायुवतीलाई लक्षित गरी ‘बार टेण्डर’ सम्बन्धी १० दिने क्षमता अभिवृद्धि तालिम शुरु भएको छ । होटल एशोसिएशन नेपाल काठमाण्डौं तथा कोशी प्रदेशको प्रायोजन र होटल व्यवसायी संघ झापाको आयोजनामा तथा होटल व्यवसायी संघ मेचीनगरको समन्वयमा आजबाट तालिम शुरु भएको हो ।
धुलाबारी स्थित अतिथि हस्पिटालिटिमा शुरु भएको तालिममा २० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ भने दैनिक ५ घण्टा गरेर १० दिनसम्म तालिम सञ्चालन हुनेछ । उक्त तालिम लिए पश्चात प्रत्येक प्रशिक्षार्थीले प्रशिक्षणको प्रमाण पत्र प्राप्त गर्ने र उक्त प्रमाण पत्रले देशका विभिन्न क्षेत्रमा उनीहरुले सहजै रोजगारी प्राप्त गर्ने कार्यक्रमको उद्घाटन शत्रका वक्ताहरुले बताए ।
स्विस सरकार विकास सहयोग अन्तर्गत सञ्चालित रहने तालिम यसअघि पनि विभिन्न क्षेत्रमा सञ्चालन भइसकेको छ । होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठको अध्यक्षतामा सम्पन्न तालिमको उद्घाटन शत्रमा होटल एशोसिएशन नेपाल कोशी प्रदेशका राजन श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले तालिममा उत्कृष्ट सहभागीता जनाउन पशिक्षार्थीहरुलाई आग्रह गरे । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठसँगै होटल व्यवसायी संघ मेचीनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ, तालिम संयोजक निरज श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


यसैगरी कार्यक्रममा होटल व्यवसायी संघ झापाका वरिष्ठ उपाध्यक्ष श्याम ओली, होटल व्यवसायी संघ सुरुंगाका अध्यक्ष कुमार श्रेष्ठ, सदस्यहरु तिलक श्रेष्ठ, निरोज सिटौला, नवु लामा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन होटल व्यवसायी संघ झापाका महासचिव शिवराज पौडेलको गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु