
डम्बर बराल
मेचीनगर । वर्षाैदेखि हात्तीबाट प्रताडित हुँदै आएका बाहुण्डाँगी बासीहरु हात्ती समस्याको दीगो समाधान खोज्न आज मेचीनगरपालिका जाने भएका छन् । उनीहरुले हात्ती पीडित संघर्ष समिति गठन गरेर आज बृहत र्याली सहित नगरपालिका पुगेर नगरको ध्यानाकर्षण गराउने भएका हुन्
हात्ती पीडित संघर्ष समितिले बुधबार बाहुण्डागी स्थित भोर्लेनीमा पत्रकार सम्मेलन आयोजना गरेर बाहुण्डाँगी बासीको पीडा राज्यले नसुनेको दुखेसो पोखे । हामी वर्षाैदेखि पीडित छौं तर सरकार बहुण्डाँगी हात्ती मैत्री भयो मान्छेर हात्ती सँग सँगै रमाउँछन् भने प्रचार गरिरहेको छ । हाम्रो पीडा कसले सुनिदिने सहभागिहरुले वर्षाैदेखि भोगेको पीडा सुनाए ।
संघर्ष समितिका संयोजक प्रसाद पाण्डेको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा मेघराज खड्काले केही वर्ष अघिसम्म सोलार फेन्सिङको कारण नियन्त्रणमा आएको हात्ती पछिल्लो समय सोलार फेन्सिङ विग्रीदै गएपछि पूनः बाहुण्डाँगीबासी हात्तीसँग संघर्षगरेर जीवन जिउन बाध्य भएको बताए । मानव हात्ती द्धन्द व्यवस्थापन समितिको पहलमा केही वर्ष अघि सोलार फेन्सिङ गरिएपछि हात्ती नियन्त्रणमा आएको थियो उनले भने, ‘आज फेन्सिङ विग्रीएको छ, ब्याट्री हराउँदै गएका छन् त्यसको ब्यवस्थापन र संरक्षणमा सरकाले चासो दिएन बरु हात्ती करिडोरो कुरा गरिरहेको छ ।’
उनले बाहुनडाीबासी जीवन भर आरामले निदाउन नपाएको दुखेसो । हात्तीकै कारण बाहुनडाँगीको भविश्य अन्योल बन्दै गएको उनको भनाइ थियो । हरेक निर्वाचन ताका हात्ती समस्या समाधानको विषय उम्मेदवाहरुको निम्ति पहिलो एजेण्डा बन्छ निर्वाचनपछि त्यो विषय सेलाउँछ भन्दै उनले बाहुण्डाँगी बासीको भावनामा नखेल्न आग्रह समेत गरे ।
स्थानीय समाजेवी गोपी रिजालले बाहुनडाँगीको हजारौं विघा उर्भर जमिन बाँझो हुँदै गएको बताए । घाँस काट्न गएको मानिस सकुशल फर्कन्छकी फर्कदैन परिवारलाई सँधै चिन्ता हुन्छ । चिन्तामा कसरी स्वास्थ्य जीवन बाँच्न सकिन्छ ? उनले सरकारलाई प्रश्न गरे । बाली क्षतिभएमा बीमाले क्षति पूर्ती दिन्छ भनिएको छ । उनले भने, ‘हामीलाई त्यो किसिमको सुविधा चाहिएको होइन्, हामी आरामले हात्तीको पीडाबाट मुक्त भएर बाँच्न पाउँनु पर्छ ।’
स्थानीय विशाल तामाङले वास्तवमा बाहुण्डाँगीबासी ठूलो पीडामा रहेको बताए । नत विद्यार्थीले तनाव रहित ढंगले पढ्न पाउँछन्, नत अभिभावकले आफनो र परिवारको भविश्यको लागि सोच्न सकेका छन् । उनले बाहुनडाँगी बासीले भोलिको उज्यालो देख्न पाइँने होकी होइन भन्ने चिन्तामै जीवन यापन गरिरहेको बताए । बाहुनडाँगीको अधिकांश जमिन खेती योग्य जमिन हो तर हात्तीका कारण खेती योग्य जीवन बाँझीने क्रम बढ्दै गएको उनले बताए ।
रविन श्रेष्ठले आफनो पीडा सुनाउँदै गर्दा सहभागिहरु भाबुक बनेका थिए । ‘धानखेतीमा हात्तीले क्षति गरेपछि आफूहरुले सुपारी खेती लगायौं,’उनले भने, ‘तर हात्तीले यसपटक सबै सुपारी भाँचिदियो । अव कसरी जीवन जिउने ? ले प्रश्न गरे । यस क्षेत्रमा सबै किसान छन् राभरी हात्ती रुङ्नुपर्छ, अनि दिउँसो काम कसरी गर्ने, पढ्ने की हात्ती छेक्नजाँने उनले दुखेसो पोखे ।
प्रतिकृया दिनुहोस्