हातेमालो सामुदायिक वनको स्वास्थ्य शिविरमा दुई सयबढीले लिए सेवा

2025-06-06 मा प्रकाशित

चारआली । मेचीनगर १३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समुहले बिहीबार एकदिने निशुल्क स्वास्थ्य शिविरमा सम्पन्न गरेको छ ।
सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत वनको आयोजना तथा पूर्वान्चल मनमोहन अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा दुई सयबढीले सेवा लिएका थिए ।

सामुदायिक वनको सभाहलमा आयोजित शिविरमा नशा तथा हाडजोर्नी, स्त्रीरोग, मुटु तथा सुगर प्रेसरको लगायतका रोग विशेषज्ञ डाक्टरले चेकजाँच गरेका थिए । चेकजाँचपछि जटिल रोगका लागि मनमोहन अस्पताल रेफर गरिएको सहभागी डाक्टरले बताए ।
वनका ३ हजारबढी उपभोक्तालाई सुसूचित गरेपनी दुई सयबढी उपभोक्ताहरुले सेवा लिइएका थिए ।
समुहका अध्यक्ष चन्द्र सिग्देलको अध्यक्षक्षता तथा मेचीनगर वडा  १३ का अध्यक्ष कृष्णराज सिग्देलको प्रमुख आतिथ्यता रहेको औपचारिक कार्यक्रममा प्रमुख अतिथि सिक्देलले खानपान र शारीरिक सरसफाइमा ध्यान नदिँदा गम्भीर प्रकृतिका रोग लाग्ने गरेको बताउँदै व्याक्तिगत सरसफाइ र खानपानमा ध्यान दिन अनुरोध गरे ।
सो अवसरमा सामुदायिक वनका अध्यक्ष सिक्देलले उपभोक्ताहरुको स्वास्थ्यलाई ध्यान राखेर सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत स्वास्थ्य शिविर सञ्चालन गरेको बताए । उनले आगामी दिनमा आँखा शिविर सञ्चालन गरिने जानकारी समेत दिए ।
सो अवसरमा वनका पूर्व अध्यक्ष सुधीरकुमार शिवाकोटी, अस्पताल ब्यवस्थापन समितिका कोषाध्यक्ष बुद्धिमान भट्टराईलेलागायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन यमकान्त प्याकुरेलले गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु