
डम्बर बराल
मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन ) को आयोजनामा बुधबार मेचीनगरमा संस्थागत विद्यालयहरुको शैक्षिक सुधार तथा व्यवस्थापनमा नगरपालिकाको उपस्थिति विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
मेचीनगरको इटभट्टा स्थित होटल अस्वथमा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । ब्यानर पढेर उद्घाटन गरिएको कार्यक्रममा प्याब्सन झापा तथा मेचीनगर प्याब्सनका पदाधिकारी तथा सदस्य विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो अवसरमा संस्थागत विद्यालयमा शैक्षिक सुविधा व्यवस्थापन तथा संरक्षणका सम्बन्धमा स्थानीय सरकारले खेल्नुपर्ने भूमिका विषय उल्लेख गर्दै प्याब्सन झापा तथा प्याब्सन मेचीनगरले संयुक्त रुपमा १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।
ध्यानाकर्षण पत्र बुझेसँगै प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले संस्थागत विद्यालयहरुले शिक्षा क्षेत्रमा पुर्याएको योगदाननको खुलेर चर्चा गरे । नेपालमा निजी शैक्षिक संस्था सुरु भएपछि तात्कालिन समयमा अंग्रेजी शिक्षकको अभाव थियो । त्यसबेला भारतका बिभिन्न ठाउँबाट शिक्षकहरु नेपालमा आएर अध्यापन गराउने परिपाटी थियो । तर अहिले समय फेरिएको छ । उनले भने, ‘दक्ष अंग्रेजी शिक्षकहरु हाम्रो ठाउँमा मात्रै नभएर नेपाका सबै क्षेत्रमा छन् । यो निजी शैक्षिक संस्थाको योगदान हो ।’
उनले निजी विद्यालयकै कारण युरोप अमेरिकामा समेत हाम्रा विद्यार्थीले प्रतिष्पर्धा गरिरहेको बताए । ‘गुणस्तरको हिसावमा नीजि क्षेत्र निक्कै अगाडि छ,’उनले भने, ‘ राज्यले निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुको योगदानलाई अनदेखा गर्न हुँदैन ।
मेचीनगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरुलाई फरक ढंगले नहेरेको बताउँदै उनले विद्यालयले बुझाउनु पर्ने जरीवाना शुल्क हाललाई मिनाहा गरिएको समेत जानकारी दिए । राजश्व शाखाको सिफारिसमा असार मसान्तसम्म शुल्क बुझाएको खण्डमा जरिवाना नलाग्ने उनको भनाइ थियो ।
पूर्वाधार शुल्कको भने छुट नगर्न नसकिने बताएका नगर प्रमुख बुढाथोकीले सडक मर्मतको लागि शैक्षिक क्षेत्रको योगदान हुनेमा आफू विश्वस्त रहेको बताए ।
उनले आगामी दिनमा नगरको आय व्ययको अवस्था घरमै बसेर हेर्न सकिनेगरी व्यवस्था मिलाइने उद्घोष समेत गरे ।
सो अवसरमा नगर शिक्षा प्रमुख होमप्रसाद भण्डारीले मेचीनगरमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरुलाई फरक दृष्टि नहेरेको बताउँदै उनले संस्थागत विद्यलयहरुले देशमा शैशिक क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको बताए । ‘संस्थागत विद्यालयहरु थिएनन् भने आज पनि आर्थिक रुपमा सवल अभिभावकहरुले शिक्षाकै लागि आफ्ना नानीहरु दार्जेलिङ र करसाङ पुर्याउँथे,’ उनले भने, ‘निजी शैक्षिक संस्था खुलेको कारण आज विपन्न परिवारका छोरा छाोरीले समेत आफ्नै ठाउँमा गुणस्तरीय शिक्षा प्राप्त गरिरहेका छन् यो शैक्षिक क्षेत्रमा प्याब्सनको महत्वपूर्ण योगदान हो ।’
कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी, राजश्व अधिकृत प्रेम पराजुली, प्याब्सन झापाका सल्लाकार हिम्मत क्षेत्री, हरि कुमार अधिकारी, वरिष्ट उपाध्यक्ष हरि कृष्ण पाठक, कोषाध्यक्ष अमृत कुमार तिम्सिना लगायतको आतिथ्यता रहेको थियो ।
निजी विद्यालयहरुको साझा संगठनको रुपमा २०४७ सालमा प्याब्सन गठन भएसँगै शिक्षा प्रवद्र्धन, बाल अधिकारको संरक्षण, समुदायसँग सहकार्य र शैक्षिक क्षेत्रको सुधारमा प्याब्सनले महत्वपूर्ण भूमिका निर्वाहगरिरहेको बताउँदै प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले नगर प्रमुख बुढाथोकीलाई ध्यानाकर्षण पत्र बुझएका थिए ।
प्याब्सनले बुझाएको ध्यानकर्षण पत्रमा, स्थानीय सरकारले व्यवसायिक करमा लगायएको जरिवना मिनाहा गरिनु पर्ने तथा पूर्वाधार करमा सहुलियत व्यवस्था गर्नुपर्ने, शिक्षा कला तथा संस्कृति प्रवद्र्धनमा छुट्टै बजेट व्यवस्था गर्नुपर्ने, पुरस्कार तथा सम्मानमा समता सुनिस्चित गर्नुपर्ने, स्थानीय पाठ्यक्रम निःशुल्क वितरण गर्नु पर्ने, विद्यालयमा सेनिटरी प्याड उपलब्ध गराउनु पर्ने लगायतका १० बुँदा समेटिएको छ ।
उनले प्याब्सनले गुणस्तरीय शिक्षासँगै खेलकुद प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, प्याब्सन पालिका अन्तर्रगत सामाजिक कार्यहरु, विपन्न विद्यार्थीहरुलाई अभिभावकत्वप्रदान, शिक्षक कर्मचारीहरुको पेशागत हकहितको लागि भूमिकिा निर्वाह गर्नुका साथै अरु थुप्रै काम गरिरहेको दावी गरे ।
‘रोगलाग्यो भने हामी घर खेत बेचेर भएपनि उपचार गर्छाैं उनले भने, ‘शिक्षा पनि त्यस्तै महत्वपूर्ण विषय हो, गुणस्तरीय शिक्षको लागि लगानी जरुरी छ ।’
उनले शैक्षिक सुधारको लागि संस्थागत विद्यालयहरुमा समेत स्थानीय सरकारले सहयोग गर्नु पर्ने धारणा राखे ।
कार्यक्रममा स्वागत गर्दै प्याब्सन मेचीनगरका अध्यक्ष विक्रम क्षेत्रीले प्याब्सन मेचीनगर अन्तरगत रहेका विद्यालयहरुले गुणस्तरिय शिक्षा प्रदान गर्दै १४ सय बढी शिक्षकहरुलाई रोजगारी समेत प्रदान गरिरहेको बताए । उनले भने हामीले सरकारलाई कर तिरेका छौं । सामाजिक योगदान अन्तरगत विद्यार्थीलाई छात्रबृत्ती प्रदान गरिरहेको छौं । गुणस्तरीय शिक्षा सँगै साँस्कृतिक संरक्षणमा हाम्रो भूमिका महत्वपूर्ण छ तर सरकारले भने निजी विद्यालयहरुको अझै महत्व बुझन नसकेको उनले दुखेसो पोखे ।
सो अवसरमा प्याब्सन झापाका वरिष्ट उपाध्यक्ष हरिकष्ण पाठकले सामाजिक सुरक्षा कोषको विषयमा चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन प्याब्सन झापाका सचिव एलपी उप्रेतीले गरेका थिए । कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस्