
काँकरभिट्टा,३० जेठ । मेचीनगर –६ स्थित नर्थपोइन्ट अंग्रेजी माविले शुक्रबार एक दिवसीय बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
विद्यालय परिसरमा आयोजित शिविरमा आँखा, नाक, कान तथा घाँटी परीक्षण गरिएको थियो । विद्यालयले सामाजिक उत्तरदायीत्व अन्तरगत स्वास्थ्य शिविर आयोजना गरेको विद्यालयका प्रिन्सिपल हरि कुमार अधिकारीले बताए । उनका अनुसार विद्यालयले हरेक वर्ष यस किसिमका सामाजिक काम गर्दै आएको छ ।
दृष्टि आँखा अस्पताको प्राविधिक सहयोग रहेको कार्यक्रममा ४८२ जनाले सेवा लिएका थिए । जसमध्ये २८४ जनाको आँखा परीक्षण गरिएको थियो भने १९८ जनाको नाक, कान घाँटी परीक्षण गरिएको प्रिन्सिपल अधिकारीले जानकारी दिए ।
दृष्टि विशेषज्ञ कौशल किशोर शाहको नेतृत्वमा ६ जना विशेषज्ञको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा सहभागि मध्ये ७ जनाको आँखामा जटिल समस्या देखिएको र ३२ जनामा कानको समस्या भेटिकोले उनीहरुलाई शल्यक्रिया गर्न सल्लाह दिएको शिविरमा सहभागि विशेषज्ञ कौशल किशोर शाहले जानकारी दिए ।
उनीहरुलाई अप्रेशनमा ५० प्रतिशत सहुलिय प्रदान गरिने उनले बताए । शिविरमा ५० जनालाई चश्मा प्रदान गरिएको थियो । स्वास्थ्य परीक्षणको लागि विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयहरु सहभागि भएको विद्यालयका शिक्षक कमल पौडेलले जानकारी दिए । आँखा तथा कान परीक्षण पछि उनीहरुलाई आवश्यक मात्रामा औषधि समेत निःशुल्क वितरण गरिएको विद्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्