
2025-06-13 मा प्रकाशित
झापा । झापाका एक व्यक्तिलाई कोरोना संक्रमण भएको पाइएको छ । बिर्तामोड–५ की एक महिलामा कोरोनाभाइरसको नयाँ भेरिएन्ट पोजिटिभ देखिएको हो ।
बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा गरिएको परीक्षणका क्रममा ती महिलाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य स्रोतले जानकारी दिएको छ।
प्रहरी स्रोतका अनुसार संक्रमित महिला घरमै सुरक्षित तरिकाले आइसोलेसनमा बसेकी छिन् । हालसम्म हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
योसंगै बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाले बिर्तामोडमा कोभिडको संक्रमण पुनः देखिएपछि सचेतना अपनाउन आग्रह गरेको छ ।
यसअघि कोरोना संक्रमणबाट झापामा २८ हजार ९०८ जना संक्रमित भएका थिए । त्यसमध्ये ६७२ जनाको मृत्यु भएको थियो । झापामा १ लाख ३८१ जनालाई पीसीआर टेस्ट र ४२ हजार ४१० जनालाई एन्टीजेन टेस्ट गरिएको थियो ।
प्रतिकृया दिनुहोस्