धुलाबारीमा सञ्चालित ‘बार टेण्डर’ सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न

2025-06-15 मा प्रकाशित

मेचीनगर । झापा जिल्लाभरका युवायुवतीलाई लक्षित गरी मेचीनगरको धुलाबारीमा सञ्चालित ‘बार टेण्डर’ सम्बन्धी १० दिने क्षमता अभिवृद्धि तालिम शनिबार सम्पन्न भएको छ ।
होटल एशोसिएशन नेपालको प्रायोजन र होटल व्यवसायी संघ झापाको आयोजनामा सञ्चालित कार्यक्रमको संयोजन होटल व्यवसायी संघ मेचीनगरले गरेको थियो ।
धुलाबारी स्थित अतिथि हस्पिटालिटिमा संचालित तालिममा होटल ब्यवसायमा क्रियाशील २० जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएका थिए । सहभागिहरुलाई प्रशिक्षक निरज श्रेष्ठ र पुनम श्रेष्ठले १० दिन सम्म दैनिक ५ घन्टा प्रशिक्षण दिएका थिए ।
स्विस सरकार विकास सहयोग अन्तर्गत सञ्चालित सो तालिम अत्यन्तै प्रभावकारी रहेको तालिममा सहभागिहरुले प्रतिक्रिया दिएका छन् ।


होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठको सभापतित्व तथा होटल एशोसिएशन नेपाल कोशी प्रदेश अध्यक्ष राजन श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले प्रमाणपत्र वितरण पछि समापन कार्यक्रमलाई सम्बोधन गर्दै सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले सीप र दक्षता भए जीवनमा सफलता प्राप्त गर्न सकिने बताउँदै यो तालिम पछि बैदेशिक रोजगारीमा जाँदा समेत बार र होटल क्षेत्रमा राम्रो काम पाउन सकिने विश्वास दिलाए ।


समापन कार्यक्रममा होटल व्यवसायी संघ मेचीनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ, प्रशिक्षक निरज श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा होटल व्यवसायी संघ झापाका वरिष्ठ उपाध्यक्ष श्याम ओली, होटल व्यवसायी संघ सुरुंगाका अध्यक्ष कुमार श्रेष्ठ, व्यवसायीहरु नर्बु लामा, समिर राजबंशी, राजेश सुवेदी, कुमार श्रेष्ठ, तिलक श्रेष्ठ, निरोज सिटौला, लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन होटल व्यवसायी संघ झापाका महासचिव शिवराज पौडेलको गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु