सरस्वती शिक्षा सदनको २५ औं वार्षिकोत्सव सम्पन्न

2025-06-15 मा प्रकाशित

धुलाबारी । मेचीनगर – स्थित सरस्वती शिक्षा सदन इङ्लिस सेकेन्डरी स्कूलले २५ औं वार्षिक उत्सव शनिबार भब्य रुपमा मनाएको छ ।
पासाङ्ग ल्हामू स्मृति जेसीज प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको रोचक प्रस्तुती देखेर अभिभावक तथा अतिथिहरु दंग थिए । उनीहरुले एकल तथा सामुहिक नृत्य, राइम्स, साँस्कृतिक नृत्य, आधुनिक नृत्य, चेतनामुलक नाटक प्रस्तुत गरेका थिए ।


नयाँ शिक्षण विधी र प्रविधियुक्त शिक्षामा जोड दिँदै आएको सो विद्यालयले अतिरिक्त क्रियाकलापलाई समेत उत्तीकै महत्वदिँदै आएको छ । कार्यक्रममा विद्यार्थीहरुले वैदेशिक रोजगारीमा गएकाहरुको बाध्यता र उनीहरुको पीडालाई नाटकको माध्यमबाट प्रस्तुत गर्दा सहभागिहरुको आँखा रसाएका थिए । भने अभिभावकहरुको कार्य व्यस्तताका कारण बालबालिकाहरुले भोग्नु परको एक्लोपन र त्यसबाट उनीहरुलाई पर्न सक्ने मानसिक असरका बारेमा समेत विद्यार्थीहरुले नाटक प्रस्तुत गरेका थिए ।


विद्यालयकी प्रिन्सिपल समिक्षा गौतको सभापतित्व तथा मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भण्डारीले संस्थागत विद्यलयहरुले देशमा शैशिक क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको बताए । कितावी ज्ञानले मात्र शैक्षिक सफलता हासिल हुन नसक्ने बताएका प्रमुख अतिथि भण्डारीले कितावी ज्ञान सँगै अतिरिक्त क्रियाकलाप र सीप मुलक शिक्षामा जोड दिन आग्रह गरे ।


सो अवसरमा इलाका प्रहरी कार्यालय धुलाबारीका इञ्चार्ज पाण्डवलाल चौधरीले युवा अवस्थामा धेरै बालबालिका लागू औषध दुब्यसनको शिकार बन्दै गएको बताउँदै कुलतमा नफस्न आग्रह गरे । लागु औषधको सेवनले व्यक्तिको व्यक्तित्व समाप्त पार्ने मात्रै नभई यसले विभिन्न अपराधिक क्रियाकलाप निम्याउने भएकाले यसको रोकथामका लागि बालकहरू आफैँ जागरुक हुनु पर्ने उनको भनाइ थियो ।


विद्यालयकी प्रिन्सिपल गौतमले कार्यक्रमको औचित्य प्रकाश पार्दै नयाँ शिक्षण विधीबाट आफूहरुले अध्यापन गराइरहेको बताइन् । विद्यालयले विद्यार्थीहरुलाई सीपमुलक शिक्षा, संस्कार, व्यवहारिक ज्ञानका साथै अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै दक्ष जनशक्ति उत्पादनमा जोड दिएको बताइन् ।


कार्यक्रममा विद्यालय व्यवथापन समिति अध्यक्ष सिता अधिकारी, अभिभवक सत्यम खड्का लगायतले बोलेका थिए । सो अवसरमा अभिभावक पूजा सापकोटाले फूलहरु नामक कविता प्रस्तुत गरिन् । औचारीक कार्यक्रकोमा स्वागत आदर्श राउत र विमला दाहाले गरेका थिए भने सञ्चालन अल्का शाह, पुष्पा सुवेदी र दिपेश चौधरीको रहेको थियो ।
कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको थियो । पहिलो सत्र औपचारिक उद्घाटन र दोस्रो चरणको कार्यक्रमममा साँस्कृतिक नृत्य, आधुनिक नृत्य, राइम्स तथा नाटक प्रस्तुत गरिएको थियो । जसको सञ्चालन र स्वागत विद्यार्थी स्वयमले गरेका थिए । दोस्रो चरणमा विद्यार्थी शिवलाल राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन कक्षा २ देखि कक्षा १० सम्मका छात्र छात्राहरुले क्रमश गरेका थिए । कार्यक्रमलाई रोचक बनाउन नृत्य प्रशिक्षक निर्मल दर्जीले महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु