मेचीनगरमा ‘नसर्ने रोग न्यूनीकरण’ अभियान

2025-06-16 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाले नसर्ने रोग न्यूनीकरणका अभियान सुरु गरेको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आइतबार पहिलोदिन धाइजन स्वास्थ्य चौकीबाट अभियान सुरु गरिएको हो । उद्घाटन कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले सुगर र प्रेसरको जाँच गरेर नसर्ने रोग न्यूनिकरण अभियान सुरु गरो थिए ।


नगरप्रमुख बुढाथोकीले विभिन्न रोगका कारण विरामीहरु घर–घरमा रहेको बताए । उनले स्वास्थ्यमा हेलचेक्राइँ नगर्न आग्रह गर्दै विहान योगअभ्यास र व्यायाम गर्न सुझाव दिए । उनले खानपानमा समेत ध्यान दिन आग्रह गरे ।
सो अवसरमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.अविनाश देवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अभियानका विषयमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले प्रकाश पारेकी थिइन् । कार्यक्रमको अध्यक्षता वडा नम्बर ११ का वडाध्यक्ष रुद्र डाँगीले र सञ्चालन धाइजन स्वास्थ्य चौकीका इन्चार्ज दिपेन्द्र चौधरीले गरेका थिए ।
प्रत्येक वडामा २१ दिनसम्म सञ्चालन हुने शिविरमा प्रतिष्ठानका डा.देव, एकजना स्वास्थ्यकर्मी अनामिका मण्डल, ल्यावका प्राविधिकको टोली रहेका छन् । त्यस्तै स्वास्थ्य चौकी र स्वास्थ्य शाखाका गरी १३ जनाको टिम अभियानमा खटिएका छन् ।
स्वास्थ्य शाखा प्रमुख सापकोटाका अनुसार टोलमा स्वयमसेवकहरुले ४० वर्षभन्दा कम र त्यसभन्दा माथिका रोगी पहिचान गरेर आएका ५० जना विरामीहरुको दैनिक उपचार सेवा हुनेछ ।
शिविरमा उपचारमा आएका विरामीको प्रकृति हेरेर निःशुल्क औषधि समेत दिइने बताइएको छ । एमलोड ५ एमजी, मेटफरमीन ५ सय एमजी, एडट्रोभास्ट्रीन र गिल्मीप्राइड लगायतका औषधि दिइने गरिएको छ ।
मेचीनगरका करिव एक लाख ३८ हजार नागरिक मध्ये ५० प्रतिशतलाई उपचार सेवा पुर्याउनेलक्ष्य रहेको सापकाटाले जानकारी दिइन् ।
स्वास्थ्य शाखाका अनुसार विभिन्न प्रकारका नसर्ने रोग लाग्न सक्ने अनुमान गरिएका ३६ दशमलव ४ प्रतिशत नागरिकलाई उपचार सेवा दिइने छ ।
उपचार सेवा दिइनु पर्ने अनुमान गरिएका ४० वर्ष कम उमेरका ३५ प्रतिशत र ४० देखि ६० वर्ष उमेरका २३ दशमलव ६० प्रतिशतका नागरिक रहेको उनको भनाई छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोग रहेको कार्यक्रम पन्ध्र वटै वडामा सञ्चालन हुन बताइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु