लागूऔषध दुर्ब्यशनी सम्बन्धि चेतनामुलक कार्यक्रम प्रभावकारी नभएको गुनासो

2025-06-21 मा प्रकाशित

काँकरभिट्टा । लागूऔषध दुर्ब्यशनी तथा ओसारपसार नियन्त्रणका लागि प्रशासन र स्थानीय तहले आयोजना गर्दै आएको चेतनामुलक कार्यक्रम प्रभावकारी नभएको गुनासो गरेका छन् ।
झापाको काँकरभिट्टामा शुक्रबार जिल्ला प्रशासन कार्यालय झापाले लागुऔषध दुरुपयोग एवम ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बक्ताहरुले त्यस्तो गुनासो गरेका हुन् ।
छलफलमा सहभागिहरुले खुल्ला सिमानाका कारण भारतमा पुगेका नेपालीलाई विभिन्न प्रलोभन देखाउँदै लागुऔषध बोक्न प्रेरित गर्ने गरेकाले भारत सरकारसँग नेपाल सरकारले पहल गर्न नसक्दा प्रयोगकर्ता बढेको गुनासो गरेका थिए ।
एकातिर सरकारीस्तरबाट प्रभावकारी पहल हुननसक्दा युवा पुस्ता त्यसको सिकार हुने गरेको छ्न् भने स्थानीय तहले बजेट लाई औपचारिकता मै मात्रै प्रयोग गर्ने गरेको आरोप लगाएका थिए । सो अवसरमा झापामा हालसम्म २७ हजार दुर्ब्यशनी तथा ओसारपसारमा संलग्न रहेको जानकारी दिइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मेचनगरका मेयर गोपालचन्द्र बुढाथोकीले स्थानीय सरकारले त्यसको नियन्त्रणलाई बर्सेनि बजेट छुट्याएर चेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिए । झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी वल झापाका प्रहरी उपरीक्षक तुलराम भण्डारी, नेपाल प्रहरी झापाका प्रहरी उपरीक्षक राजन लिम्बू लगायतले बोलेका थिए ।
कार्यक्रममा प्रहरी प्रशासन, जनप्रतिनिधि, नेपाली सेना, शिक्षक, बिध्यार्थी, कर्मचारी, व्यवसायी, जनप्रतिनिधि, सामाजिक अगुवा ,स्वास्थ्यकर्मी र संचारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु