धिमाल जाति विकास केन्द्र मेचीनगरको अध्यक्षमा चित्रकुमार

2020-10-10 मा प्रकाशित

मेचीनगर,२४ असोज । धिमाल जाति विकास केन्द्र मेचीनगरको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ ।
मेचीनगर ७ स्थित सनसाइन अंग्रेजी माविको परिषरमा सम्पन्न अधिवेशनले चित्र धिमाललाई अध्यक्षमा सर्व सम्मत चयन गरेको छ । १३ सदस्यीय समितिको उपाध्यक्षमा वेलकुमारी धिमाल , सचिवमा मिना कुमारी धिमाल ,सह सचिवमा हरि धिमाल , कोषाध्यक्षमा धनमाया धिमाल सर्वसम्मत चयन भएका छन् । समितिको सदस्यहरुमा हेमनारायण धिमाल , क्रान्ति धिमाल , चक्र धिमाल , रघु धिमाल, राजु धिमाल , उषा धिमाल , मिनु धिमाल र लक्ष्मी धिमाल रहेका छन् ।


धिमाल जाति विकास केन्द्रका केन्द्रिय उपाध्यक्ष एवम् मेचीनगर १२ का वडाध्यक्ष नरेन्द्र धिमालको सभापतित्व तथा मेचीनगर ८ का वडाध्यक्ष विकेन्द्र धिमालको प्रमुख आथित्य रहेको कार्यक्रममा प्रमुख अतिथि धिमालले जातिय संस्कार र संस्कृतिको संरक्षण गर्न नेत्रृत्व निरन्तर रुपमा क्रियाशिल हुनु पर्नै बताए । कार्यक्रममा धिमाल जातिका इतिहास विद् चन्द्र कान्त धिमालले जातिय संस्कार संस्कृतिका साथै पेशाको संरक्षमा जुट्न समेत सवै सँग आग्रह गरेका थिए । केन्द्रिय सदस्य खड्ग धिमालले स्वागत गरेको कार्यक्रमको संचालन केन्द्रिय सदस्य ज्ञानबहादुर धिमालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु