भद्रपुरलाई समृद्ध नगर बनाउने अभियानमा छौं : नगर प्रमुख पोखरेल

2025-06-25 मा प्रकाशित

डम्बर बराल

झापा । झापाको भद्रपुर नगरपालिका यतिखेर विकास र समृद्धिमा निक्कै अगाडि बढेको छ ।
झापा जिल्लाकै पहिलो नगरपालिकाको रुपमा २००८ सालमा स्थापित यो नगरपालिका तात्कालिन समयमा औधोगिक र व्यवसायीक क्षेत्रको रुपमा स्थापित थियो । झापाको सदरमुकाम भएको कारणलेपनि भौतिक संरचना र पूर्वाधार विकाससँगै शिक्षामा फरक पहिचान स्थापित हुँदै गएको यो पालिका पाँच दशक अघिबाट भने ओझेलमा पर्दैगएको थियो ।
देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछि भने यो नगरले क्रमश काँचुली फर्दै गएको छ । कुनै समय भद्रपुरको छुट्टै पहिचान थियो, पछि पूर्व पश्चिम राजमार्ग बनेपछि यो क्षेत्र ओझेलमा पर्याे, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले भने, ‘अव हामी त्यो गुमेको साखलाई पुनः स्थापित गर्दैछौं ।’ नगरले यतिखेर सडक सञ्जालदेखि भौतिक पूर्वाधार कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा थुप्रै कामहरु सम्पन्न गरेको छ । हामीले स्वास्थ्य, शिक्षा, कृषि र भौतिक पूर्वाधारका क्षेत्रमा धेरै काम सम्पन्न गरेका छांै, यो क्षेत्र कृषिको सम्भावना भएकोे ठाँउ हो त्यसैले पहिलो प्राथमिकता कृषिलाई दिएका छौं अरु क्षेत्रमा पनि उत्तीकै लगानी गरिरहेको छौं ।’


तात्कालीन समयमा पुरानो भद्रपुर औधोगिक क्षेत्रको रुपमा विकास हुँदै थियो । मेची राजमार्ग बनेसँगै भद्रपुरवासीको खुसी खोसियो, उनले भने, ‘भद्रपुरबाट मेची पुल बनाउने र यहाँको भन्सारलाई व्यवस्थित गर्ने भद्रपुरवासीको सपना अधुरो रयो । भद्रपुरलाई समृद्धि दिन खोज्ने अग्रज र तात्कालीन सरकाबीच ठूलो झडप नै भयो । प्रहरीले त्यसबेला भद्रपुरको समृद्धि खोज्नेहरुलाई नियन्त्रणमा लियो, त्यसपछि भद्रपुर सदरमुकाम मात्रै भयो, विकास भने अन्तै गयो ।’
उनले पछिल्लो समय मेची पुल र हुलाकी राजमार्ग बनेपछि भद्रपुरको विकास र समृद्धिको ढोका खुलेको बताए ।
‘यहाँबाट छोटो दुरीमा विराटनगर पुग्न सकिन्छ । तर पारीको नाका प्रभावकारी रुपमा सञ्चालन नभएको हुँदा केही समस्या छ, त्यो समस्या विस्तारै समाधान हुन्छ भन्ने कुरामा आशावादी छौं,’ उनले भने ।
धार्मिक तथा पर्यटकीय गन्तव्यको हिसावमा यो नगर ऐतिहासिक पृष्ठि भूमि बोकेको नगर हो । यहाँ प्राचिन सभ्यता र संस्कृति बोकेको पर्यटकीय स्तल किचक वध छ । २२ सय वर्ष अगाडिको संरचना फेलापरेसँगै यो क्षेत्र पुरातात्वीक विभागको नजरमा परेको छ । यसको विकसमा नगरले दीर्घकालिन योजनाहरु बनाएर बजेटका लागि संघीय सरकारमा पहल गरिरहेको उनले बताए । यहाँ बिभिन्न किसिमका औजार भेटिएकोले ति सामाग्रीलाई संग्रहालय बनाएर राख्न सके राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरुलाई आकर्षित गर्न सकिने उनको भनाइ छ ।


भद्रपुर हरेक दृष्टिकोणले सम्मुन्नत पालिका बन्दै गएको छ । यहाँ मेची क्याम्पस, मेची प्रादेशिक अस्पताल, एयरपोट, तथा सरकारी कार्यालयहरु प्रशस्तै छन् । नेपालको सबै भन्दा होचो भूभाग कचनकवल यही ठाउँ भएर जानुपर्छ ।
भद्रपुरलाई आवास योग्य सहरको रुपमा विकास गर्ने नगरको योजना रहेको उनले सुनाए । यहाँको जमिन सस्तो छ, ठूला कलकारखाना छैनन् त्यसैले यो पालिका आवासको लागि उपयुक्त रहेको उनको भनाइ थियो ।
नगरका दुईवटा गौरवका योजना भने बजेट अभावमा खासै अघि बढ्न नसकेको बताउँदै उनले भने, साइन्स सिटी र कमलधाप सिमसार हाम्रो गौरवको योजना छन् ति योजना सम्पन्न गर्न ठूलो बजेट आवश्यक छ, त्यो कामलाई क्रमश अगाडि बढाउने छौं ।
यस नगरपालिकाले कृषि क्षेत्रमा ठूलै लगानी गरेको देखिन्छ । नगरले मेचीपारी तरकारीबारी पकेट क्षेत्र घोषणा गरेर व्यवसायिक रुपमा तरकारी उत्पादनमा नगरवासीहरुलाई प्रोत्साहित गरिरहेको छ भने पशुबीमा कार्यक्रम, बाख्रा पकेट क्षेत्र तथा धान पकेट क्षेत्र सञ्चालन गरेको छ ।

नागरिकको स्वास्थ्यलाई ध्यान दिँदै यस नगरपालिकाले महेशपुर स्वास्थ्य चौकीमा ल्याप परीक्षण प्रयोगशाला सञ्चालन गरेको छ भने पृथ्वीनगर, महेशपुर र भद्रपुर स्वास्थ्य चौकीमा एमबीबीएस डक्टर सहितको स्वास्थ्य सेवा सुरु गरेको छ ।
नगरपालिकाले आफ्नो नगरक्षेत्रका नागरिकको लागि रगत आवश्यक परे निःशुल्क रकत उपलब्ध गराउँदै आएको छ । यस नगरले दीर्घ रागीहरुलाई उपचारको लागि रु १० हजार प्रदान गर्दै आएको छ भने हात्ती पीडित तथा आगलागी पीडितहरुलाई राहत स्वरुप रु पाँच हजार उपलब्ध गराउँदै आएको नगर प्रमुख पोखरेलले बताए ।
यस नगरले कृषि उत्पादनमा लागेका क्रियाशील किसानहरुलाई आलु, तोरी, कोदो, प्याज लगायतमा अनुदान, करेसाबारी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
शिक्षा क्षेत्रमा फरक पहिचान स्थापित गर्दै यस नगरले नमूना विद्यालय घोषणा, भद्रपुर नगरको मौलिक पहिचान झल्कने भद्रपुर सेरोफेरो पाठ्यपुस्तक प्रकाशन, प्रविधि मैत्री शिक्षण सिकाइमा सहयोग पुर्याउन शिक्षकहरुलाई दुई महिने कम्युटर तालिम आइसिटीलाई कक्षा कोठामा प्रयोग गर्न विषयगत शिक्षकलाई तालिम, कक्षा ५ सम्म पढ्ने विद्यार्थीहरुलाई निःशुल्क पोशाक वितरण, विद्यालयहरुमा नर्सको व्यवस्था, यो सँगै कक्षा ११ मा अध्ययनरत विज्ञान संकायका २२ जना छात्राहरुलाई छात्र वृत्ति प्रदान गरेको छ ।
नगरपालिकाले भन्सार कार्यालयले जग्गा अधिग्रहण गरेका पीडितहरुलाई क्षतिपूर्ति रकम समेत उपलब्ध गराउन सफल भएको छ ।
नगरले हालसम्म ४० करोड रकम ल्याउन सफल भएको नगरपालिकाले जनाएको छ । यो नगरले सीप सिकेर स्वरोजगार बन्न ईच्छुक महिलाहरुलाई बिभिन्न तालिम प्रदान गर्दै आएको छ । पञ्चेबाजा संरक्षणगर्न नगरले महिलाहरुलाई तालिम प्रदान गरेर आत्मनिर्भर बनाएको छ । यो लगायत नगरले थुप्रै काम सम्पन्न गरेको छ । भने केही काम सम्पन्न हुने चरणमा छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु