![](https://mechiaawaj.com/wp-content/uploads/2020/10/rato-1210x642-1.jpg)
मेचीनगर असोज २४ । रातो पोष्ट मिडिया प्रालिको कार्यालय शनिबार उद्घाटन गरिएको छ । प्रतिनिधिसभा सदस्य राम कार्कीले काँकरभिट्टामा सञ्चालित उक्त प्रालिको कार्यालय विधिवत् रुपमा उद्घाटन गरेका हुन् ।
कार्यालय भवनमा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सांसद् कार्कीले समग्र विषयवस्तुलाई समेटेर सूचना सम्प्रेषण गर्न सुझाव दिए ।मिडिया सञ्चालक र सम्पादन समूहलाई सुझाव दिँदै उनले भने‘कुनै एउटा विषयका मात्र नभई समाचारका सम्पूर्ण विधालाई समावेश गर्नुस् ।’
परिवर्तनका हरेक मुद्धामा मिडियाले महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गर्दै उनले पाठक वर्गको रुचीलाई ख्याल गर्दै कृषि, शिक्षालगायत सबै विधाका खुराक पस्किन आग्रह गरे ।
सांसद् कार्कीले पत्रकारिताको स्थापित मूल्य र मान्यतालाई अक्षरस पालना गर्दै सञ्चार क्षेत्रको गरिमालाई भुल्न नहुनेमा जोड दिए ।
उद्घाटनका अवसरमा विशेष अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, अतिथि मेचीनगर प्रेस क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसक्रममा विशिष्ट अतिथि प्रदेश सांसद् श्रीप्रसाद मैनाली, प्रदेशसभा सदस्य राधा थापा, विशेष अतिथि मेचीनगर उपप्रमुख मीना उप्रेती, मेचीनगर ६ नम्बर वडा अध्यक्ष ललित तामाङ, पत्रकार महासंघका जिल्ला सचिव सन्तोष आचार्य, प्रेस संगठनका जिल्ला अध्यक्ष मुक्ति पौडेललगायत विभिन्न राजनीतिक दल एवँ सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता थियो ।
रातो पोष्ट मिडिया प्रालिका प्रबन्ध निर्देशक बालकृष्ण थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत सम्पादक दिलीप थापा र सञ्चालन सह सम्पादक प्रविण अधिकारीले गरेका थिए ।
प्रतिकृया दिनुहोस्