
काँकरभिट्टा । मेचीनगर –६ स्थित पशुपति इङ्लिस बोर्डिङ स्कूलले शुक्रबार डा. लक्ष्मण मैनालीलाई सम्मान गरेको छ ।
यसै विद्यालयका पूर्व विद्यार्थी समेत रहेका मेचीनगर ६ निवासी डा. मैनालीले हाल अमेरीका स्थित अल्वानी विश्व विद्यालयबाट वायो फिजिक्स विषयमा विद्या वारिधि सकेका छन् ।
पिता श्रीप्रसाद मैनाली र माता लिलामाया मैनालीको कोखबाट २०३५ सालमा जन्मनु भएका मैनालीले हाल अमेरिकालाई कर्मथालो बनाउँदै आएका छन् । उनले नर्सरीदेखि एस एल सी सम्मको अध्ययन यसै विद्यालयबाट गरेको र हाल अमेरिकामा वायो फिजिक्स विषयमा विद्या वारिधि गरेर विद्यालयको गौरव बढाएको भन्दै विद्यालयले सम्मान गरेको विद्यालयकी प्रिन्सिपल अनिता थापाले बताइन् ।
प्रिन्सिपल थापाले डा. मैनालीलाई सम्मान पत्र प्रदान गरेकी थिइन् । सो अवसरमा प्रिन्सिपल थापा, शिक्षक भानु कार्कीले शैक्षिक क्षेत्रमा थप सफलताको शुभकामना ब्यक्त समेत गरेका थिए ।
सम्मान पत्र वाचन शिक्षक ख्याम लिम्बुले गरेका थिए । यसै अवसरमा विद्यार्थीहरुले बिभिन्न आकर्षक शिप तथा कला प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस्