नारी सञ्चार गृहको अध्यक्षमा शिवाकोटी

2020-10-13 मा प्रकाशित

विर्तामोड, २७ असोज । झापाका महिला पत्रकार हरुको छाता संगठन नारी सञ्चार गृहको अध्यक्षमा भीमा शिवाकोटी सर्वसम्मत चयन भएकी छन् ।

विर्तामोडमा सम्पन्न तेस्रो अधिवेशनले शिवाकोटीको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।

शिवाकोटी नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष एवम् कञ्चनजंघा एफएममा आवद्ध पत्रकार हुन् ।

यस अघि उनी नारी सञ्चार गृहको उपाध्यक्ष थिइन् । समितिको उपाध्यक्षमा रेजिना रोदन, सचिवमा भूमिका सुब्बा, सहसचिवमा सुशिला संग्रौला, कोषाध्यक्षमा जोसना श्रेष्ठलगायत चयन भएका छन् ।

पत्रकार महिलालाई पत्रकारिता क्षेत्रमा लाग्न, टिकाउन र व्यावसायिक सुरक्षा प्रदान गर्न अग्रणी भूमिका निर्वाह गरिरहेको नारी सञ्चार गृहको यस अघिको दुई कार्यकालको अध्यक्षमा अम्बिका भण्डारी र सावित्रा दाहाल थिए ।

विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतराको प्रमुख आतिथ्यमा नारी सञ्चार गृहको तेस्रो अधिवेशन तथा छैठौं साधारणसभा उद्घाटन भएको थियो ।

संस्थाकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं। १ का सदस्य तीर्थ सिग्देल, महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, आदिवासी जनजाति पत्रकार महासंघका प्रदेश इञ्चार्ज दिपीन राई, प्रेस संगठन नेपालका जिल्ला अध्यक्ष मुक्ति पौडेललगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु