विराटनगर, ४ साउन । झापाका अग्रज पत्रकार मोहन काजी न्यौपाने विराटनगरमा ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’बाट सम्मानित भएका छन् ।
शनिवार विराटनगर स्थित कञ्चनजंघा पार्टी प्यालेसमा आयोजित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था मोरङले पत्रकार काजीलाई नगद १५ हजारसहित सम्मान गरेको हो ।
साहित्य, पत्रकारिता र उपभोक्ताको हक, हितका लागि योगदान पुर्याउने एक जनालाई सम्मान गरिने उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले जानकारी दिए ।उनका अनुसार २०८१ सालदेखि उक्त पुरस्कारको स्थापना गरिएको हो ।
स्थापनापछिको पहिलो पुरस्कार पत्रकार काजीलाई प्रदान गरिएको छ ।
पुरस्कारका संस्थापक मार्सेलीले वर्षेनी पुरस्कार वितरणका लागि सहकारी संस्थामा दुई लाख ५० हजारको अक्षयकोष राखिएको छ । पुरस्कार स्थापना दिवसमा वितरण गरिनेछ ।
सोही अवसरमा कोशी प्रदेशको सहकारी रजिस्टारको जिम्मेवारीबाट भर्खरै निवृत्त भएका हरिबहादुर खत्रीलाई समेत सहकारी संस्थाको तर्फबाट सम्मान गरिएको थियो ।
नेपाल सहकारी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यता र सहकारी संस्थाका अध्यक्ष जीवन काफ्लेको अध्यक्षता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि पोखरेल, विशेष अतिथि मार्सेली, सम्मानित व्यक्तिहरु काजी, खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्