मेचीनगर लेडी जेसीजको १२ औं स्थापना दिवस विविध कार्यक्रमको साथ सम्पन्न

2025-07-21 मा प्रकाशित

मेचीनगर । मेचीनगर लेडी जेसीजको १२ औं स्थापना दिवस सोमबार विविध कार्यक्रमको साथ सम्पन्न भएको छ ।
धुलाबारी स्थित मेचीनगर लेडी जेसीजको सभाहलमा आयोजित कार्यक्रमकाको उद्घाटन् जेसीज पूर्व अध्यक्ष क्लवका झापा जिल्ला अध्यक्ष रमेश पोखरेलले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पोखरेलले समाजमा देखिएका बेथितिहरुलाई अन्त्य गर्दै समाजलाई सहिबाटोमा डोर्याउने कामको नेतृत्व जेसीजले गर्नुपर्ने बताए ।

जेसीजले केही भड्किला र ढर्रा खालका कार्यक्रम गर्ने गरेको स्वीकार्दै त्यस किसिमका कार्यक्रमलाई सुधार गर्दै लैजानु पर्नेमा उनको जोड् थियो ।
‘समाजले जेसीजलाई नजिकबाट नियाली रहेको छन्,’ उनले भने, ‘समाज बलदल्ने अभियानमा जेसीज छ । त्यसैले आफ्ना कमी कमजोरी छन भने पहिला आफैबाट सुधारका अभियान थालौं ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघकी कोशीप्रदेश उपाध्यक्ष अम्बीका भण्डारी, रेडियो मन्त्रका प्रवन्ध निर्देशक ज्ञानेन्द्र निरौला, धुलाबारी जेसीजका अध्यक्ष डिल्लीराम भण्डारी, लेडि जेसीजकी संस्थापक सल्लाहाकार लक्ष्मी राई लगायतले  लेडी जेसीजले स्थापना कालदेखि खेलेको भूमिका र संस्था स्थापनाको समयमा भोग्नु परेका कठिनाइको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा मेचीनगर लेडी जेसीज वर्ष २०२२ की अध्यक्ष, सित गिरी, वर्ष २१ की अध्यक्ष सुशीला खतिवडा, वर्ष २०१९ की अध्यक्ष मञ्जु खनाल, वर्ष २०१८ की अध्यक्ष सुनिता पनेरु, वर्ष २०१६ की अध्यक्ष उषा श्रेष्ठ, वर्ष १५ की अध्यक्ष टिका सुवेदी, वर्ष २०२५ की सल्लाकार सिता गुरुङ, संस्थापक सल्लाकार लक्षमी राई लगायतको आतिथ्यता रहेको थियो ।


मेचीनगर लेडी जेसीज वर्ष २५ की अध्यक्ष सविता पोखरेलको सभापितत्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष पोखरेलले व्याक्तिको क्षमता र नेतृत्व विकास मात्र नभएर जेसीज समाज बदल्ने अभियानमा अघि बढेको बताइन् । उनले आफ्नो कार्यकालमा थुप्रै कामहरु सम्पन्न गरेको दावी गरिन । सो अवसरमा पूर्व अध्यक्ष क्लवको तर्फबाट निःशुल्क थेरापी शिविर समेत आयोजना गरिएको थियो ।  कार्यक्रममा नशा सम्बन्धी विभिन्न समस्या भएकाहरुका लागि अति उपयोगि लेजर थेरापीबाट उपचार गरिएको थियो ।

लेडी जेसीजका सदस्यसहित अन्य स्थानीयहरु सहभागि कार्यक्रममा विभिन्न कारणबाट शरिरका फरक फरक ठाउँमा दुखाई भएका, अप्ठ्यारो महशुस गरेकाहरुर्ला लेजर थेरापी विधिबाट उपचार गराइएको कार्यक्रम संयोजक एवम् मेचीनगर लेडी जेसीजकी निवर्तमान अध्यक्ष पवित्रा विमली प्रसाईले जानकारी दिइन्  । बिबिर्तामोड स्थीत डेजोए संस्थाले प्राविधिक सहयोग उपलब्ध गराएको कार्यक्रममा लेजर थेरापीलाई पूर्वी नेपालमा परिचित गराउँदै सहज तरिकाले उपचार गर्ने योजनाका साथ यो प्रविधि भित्र्याएको डेजोए बिर्तामोड शाखाका प्रमुख गिरिधर श्रेष्ठले बताए ।

मेचीनगर लेडी जेसीज पूर्व अध्यक्ष क्लवकी अध्यक्ष उषा श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा करीब ३० जनाले लेजर थेरापीबाट उपचार सेवा लिएका थिए । थेरापीष्टहरु केशव अधिकारी र कृष्ण थापाले लेजर थेरापीबाट उपचार गराएका थियो । कार्यक्रममा लेडि जेसीजका पुर्वअध्यक्ष, सदस्य तथा पत्रकारहरुको उपस्थीति रहेको थियो ।

सोही अवसरमा मेचीनगर लेडि जेसीज पूर्व अध्यक्ष क्लवको पद हस्तान्तरण कार्यक्रम समेत सम्पन्न भएको छ । जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाबीच लेडि जेसीज पूर्व अध्यक्ष क्लवको वर्तमान अध्यक्ष उषा श्रेष्ठले नयाँ अध्यक्षका रुपमा चयन हुनु भएकी मेचीनगर लेडी जेसीज सन २०१७ की अध्यक्ष शोभा श्रेष्ठ नेम्वाङलाई पद हस्तान्तरण गरिन । नयाँ अध्यक्ष नेम्वाङ जिल्ला बाहिर रहनु भएकाले पूर्व अध्यक्ष क्लवका सचिव पवित्रा विमली प्रसाईलाई श्रेष्ठले बैठक पुस्तीका हस्तान्तरण गरेर पद हस्तान्तरण गरेकी थिइन्

लेडी जेसीजकी कार्यकारीणी उपाध्यक्ष लक्ष्मी कोइरालाले स्वागत गरेको  कायक्रमको सञ्चालन महासचिव शर्मिला तिम्सिनाले गरेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु