डम्बर बराल
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था अन्तर्गत रहेको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा आइतबार उपसमिति स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
मेचीनगर – १० स्थित कृष्ण पार्टी प्यालेसमा आयोजित कार्यक्रममा पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका जटिलता, परिमार्जित सहकारीका ऐन नियम, कार्यविधि, अबको सहकारी, असल संस्कार र समृद्धि यी नै विषयमा गम्भीर चर्चा भयो ।
मेची, भद्रपुर, केचना क्षेत्र अन्तर्गत रहेका बिभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु सहभागि कार्यक्रममा सहकारी संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले हरेक व्याक्तिलाई समृद्धि हासिल गर्न उसको जीवन शैली व्यवहार, अनुशासन, मेहनत र इमान्दारीता आवश्यक हुने बताए । ‘ति सबै व्याक्तिको असल संस्कार भित्र पर्ने कुरा हुन् । ,’ उनले भने, ‘असल संस्कार भएन भने समृद्धि सम्भब छैन ।’

उनले एनएमसीले हरेक सदस्यहरुको जीवनमा समृद्धि र असल संस्कार खोजेको बताए । ‘हामी हरेक सदस्यहरुको जीवन बदल्ने अभियानमा छौं,’ उनले भने, ‘सदस्यको जीवनमा समृद्धि आएन भने सहकारीमा लाग्नुको अर्थ छैन ।’ उनले सहकारी एउटा अभियान भएको बताए । ‘आर्थिक, सामाजिक र सांस्कृतिक अभियान सहकारीले सञ्चालन गर्छ, जसको कारण समाज रुपान्तरणमा सहयोग पुग्छ,’ उनले भने ।
सहकारी संस्थाका कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले सहकारीलाई व्यवस्थित सञ्चालन गर्न निर्वाह गर्नुपर्ने भूमिका तथा विद्यमान ऐन कानुनका बारेमा चर्चा गरे ।
उनले सरकारले बनाएको ऐन कानुनलाई एनएमसीले अक्षरस पालना गरेकै कारण आज सहकारी दरीलो भएर उभिएको दावी गरे ।
‘हामी सहकारीको मूल्य, मान्यता र सिद्यान्त अनुसार चलेका छौं, सरकारको नियम पूर्ण रुपमा पालना गरेको छौं, त्यसैले हामी सफल छौं,’ उनले भने ।
पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका बिभिन्न समस्याका कारण सरकारले सहकारीको अनुगमन र नियन्त्रणको लागि ऐन, नियम, कानुन संसोधन गरेको चर्चा गर्दै एनएमसीको वर्तमान अवस्था आगामी दिनमा सहकारी सञ्चालनमा ध्यान दिनु पर्ने कुरा समेत उपसमितिलाई जानकारी गराए ।

सो अवसरमा सहकारी संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले सहकारीको एकाईगत संरचना, उपसमिति गठन प्रक्रिया, समितिको जिम्बेवारी, काम कर्तब्य र अधिकारका विषयमा चर्चा गरेका थिए ।
अभिमुखिकरण कार्यक्रम पछि सहभागिका तर्फबाट स्वास्थ्य उपसमिति सदस्य टिकादेवि पौडेल, खुट्टीडाँगी सेवाकेन्द्रका सदस्य विक्रम खतिवडालगायतले अनुभव कथान प्रस्तुत गरेका थिए । कार्यक्रममा सहकारी संस्थाका उपाध्यक्ष विश्णु गौतम, चिया व्यवसाय समितिका सदस्य दिलिप सुब्बा, बचत तथा ऋण व्यवसाय उपसमिति सदस्य हिमा सिटौला लगायतको आतिथ्यता रहेको थियो ।
शिक्षा तथा तालिम उप समितिकी संयोजक सावित्रा दाहालको सभापतित्व मा सम्पन्न कार्यक्रमको स्वागत शिक्षा तथा तालिम उपसमितिका सदस्य डम्बर बस्नेतले गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षा तथा तालिम उपसमितिका सदस्य अर्जुन थपलियाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्