झापा, २८ भदौ । शनिबार (आज)बाट देशभरको जनजीवन सामान्य बन्न थालेको छ । शुक्रबार राती नयाँ सरकार गठन भएसँगै देशभर जनजीवन सामान्य बन्न थालेको हो ।
आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा पनि हटेको छ । झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले अर्काे सूचना नभएसम्मको लागि कफ्र्यु र निषेधाग्या हटाएको जानकारी दिएका छन् । उनले जिल्लाभर शान्तिर सुब्यवस्था कायमगरी जनजीवन सहज बनाउने कार्यमा सहयोग गर्न सबै पक्षसँग आग्रह समेत गरेका छन् ।
कर्फ्यु हटेसँगै आम नागरिक आफ्नो पेसा व्यवसायमा फर्किएका छन् । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ ।
भ्रष्टाचारविरुद्ध र सुशासन प्रवद्र्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।
आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने छ । मध्यावधि चुनाव फागुन २१ गते तोकिएको छ ।

प्रतिकृया दिनुहोस्