2025-09-13 मा प्रकाशित
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरका सबै स्वास्थ्य संस्थालाई सञ्चालनमा ल्याएर सेवा दिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् । नगरप्रमुख बुढाथोकीले फेसबुकमा स्टाटर्स लेख्दै नगर क्षेत्रमा रहेक सबै स्वास्थ्य संस्थाहरु सञ्चालन गरेर नगरबासीको सेवामा लाग्न आग्रह गरेका हुन् । उनले लेखेका छन् ‘मेचीनगरका स्वास्थ्य सेवामा क्रियाशिल सबै साथीहरु, स्वास्थ्य सेवा सुचारु छैन भने जे जस्तो अवस्था छ त्यस्तै अवस्था बाट भएपनि सेवा सुचारु गर्न हुन सबै वडा सेवा केन्द्रहरुलाई र १ बर्ष अघिमात्र शुरू गरिएको नगर अस्पताललाई आग्रह गर्दछु ।’

प्रतिकृया दिनुहोस्