कोशी र लुम्बिनीमा भारी वर्षा, सतर्क रहन मौसमविद्को सुझाव

2025-09-14 मा प्रकाशित

झापा, २९ भदौ । गएराति देखि देशका बिभिन्न स्थानमा पानी परिरहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा त भारीदेखि धेरै भारी वर्षा समेत भइरहेको छ । बाँकेको नौबस्ता, उदयपुरको गाईघाट लगायतका स्थानमा पनि भारी वर्षा मापन भएको छ ।
बरिष्ठ मौसमविद शान्ति कँडेलले अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले पानी परेको बताइन् । उनको अनुसार यसको प्रभाव अबको दुई–तीन दिनसम्मै देखिने पूर्वानुमान पनि छ ।
‘बादल बढ्ने क्रममा छ । रातिदेखिको कुरा गर्दा वर्षाको गतिविधि बढेको छ,’ बरिष्ठ मौसमविद कँडेलले भनिन्, ‘कोशी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको देखिएको छ । कोशी प्रदेशपछि मधेशमा र लुम्बिनीमा पनि वर्षा भएको छ ।’
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशको झापाको केचनामा गत २४ घण्टामा १२४.८ मिलिमिटर वर्षा मापन भएको छ । दमकमा ९२.८ र दिङ्गलामा ९४.६ मिलिमिटर वर्षा मापन भएको छ ।
‘अहिले झापा र बाँकेमा गएको तीन घण्टादेखि भारी वर्षा भइराखेको छ र पूर्वी तराईमा अझै ठूलो वर्षा हुनसक्ने सम्भावना पनि छ’ वरिष्ठ मौसमविद कँडेलले भनिन् ।
बरिष्ठ मौसमविद कँडेलका अनुसार आगामी केही दिनमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ (नेपालतर्फ) सर्ने सम्भावना छ । यदि नेपाल नजकि आएमा पानी पर्ने क्रम झन् बढ्ने सम्भावना रहने मौसमविदहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु