मेचीनगर । मेचीनगरका युवाहरुको समूह ‘यूथ फर सोसाइटी’ ले आयोजना गरेको ‘५ के रोड रन’ (म्याराथन दौड) प्रतियोगितामा शिहं र शेर्मा लिम्बू प्रथम भएका छन् । मेचीनगर–१५ को बिचार्नीबाट धुलाबारी मोडसम्म ५ किलोमिटर म्याराथन प्रतियोगितामा १८ मिनेट ३२ सेकेण्डमा पार गदैं पुरुषतर्फ झापा दमकका शरद सिहं प्रथम भएका छन् । भने महिलातर्फ झापा दमकका पुष्पा शेर्मा लिम्बु प्रथम भइन् ।
पहिलो बिजेताद्वयले नगद पाँच÷पाँच हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाण पत्र प्राप्त गरे ।
यसैगरी, १८ मिनेटमा ४२ सेकेण्डमा दुरी पार गर्दै पुरुषतर्फ विर्तामोडका शिव कार्की र महिलातर्फ दमकका मन्दिरा महतरा दोस्रो बन्न सफल भएका छन् । कार्की र महतराले नगद तीन÷तीन हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाण पत्र हात पारे । पुरुषतर्फ झापा दमकका मिङ्सेन लिम्बु र महिलातर्फ दमककी रुबिना महतरा तेस्रो घोषित भएका थिए । उनीहरुलाई परिवारका सदस्यले नगद दुई÷दुई हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाण पत्र वितरण गरेका थिए ।
उनीहरुले क्रमस नगद पाँच हजार, तीन हजार र दुई हजारसहित ट्रफी, पदक र प्रमाण पत्र प्राप्त गरेको संयोजक सागर राजवंशीले जानकारी दिए । बिजेतालाई शहिद दिनेश राजबंशीका परिवारले पुरस्कार हस्तान्तरण गरेका थिए । प्रतियोगितामा एकसय ४६ पुरुष तथा १८ महिलागरी कुल एकसय ६४ जना धावक सहभागी थिए । सो अवसरमा सोसाइटीले सहिद परिवारलाई नगद ५० हजार रुपैयाँ हस्तान्तरण गरेका थियो ।
अर्का शहिद झापा अर्जुनधारा–११ लक्ष्मी धापका ३९ वर्षीय छोरा ज्ञानेन्द्र सेढाई (गोपाल) को परिवारमा शोक परेकाले परिवारका सदस्यको सहभागी हुन नसकेको जानकारी दिइएको थियो ।

प्रतिकृया दिनुहोस्