कर्मचारी पुनर्वहाली गरिएपछि राश्वपाले बुझायो मेचीनगरमा चार बुँदे ध्यानाकर्षण पत्र

2025-11-05 मा प्रकाशित

मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर तथा क्षेत्रीय समितिले बुधबार मेचीनगरपालिकामा चार बुँदे ध्यानाकर्षण पत्र बुझएको छ ।
संघीय सरकारको परिपत्रका आधारमा मिति २०८२ कार्तिक १ गतेदेखि मेचीनगर नगरपालिकाले हटाएका १३८ जना करार, अस्थायी तथा ज्यालादारी कर्मचारीहरूलाई पुनः नगरपालिकाले मिति २०८२ कार्तिक १७ गते पुनर्बहाली गरेको विषय प्रति गम्भीर असहमति जनाउँदै रास्वपाले नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको हो ।
। हाम्रो पार्टी विधि, पारदर्शिता र सुशासनमा आधारित स्थानीय शासनको पक्षमा दृढ छ । कर्मचारी नियुक्ति वा निष्कासन दुवै प्रक्रिया कानुन तथा नियमावलीअनुसार हुनुपर्छ भन्ने हाम्रो स्पष्ट अडान हो । पाटीका मेचीनगर अध्यक्ष सन्तोष राजवंशीले भने,‘ हाल देखिएको समस्या स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेको कानुनी प्रावधान विपरीत गरिएका एकलौटी निर्णयहरूको परिणाम हो ।’
ज्ञापान पत्रमा पुनर्बहाली भएका कर्मचारीहरूको पद, तह, संख्या, कारण र कानुनी आधार सार्वजनिक गर्नु पर्ने । सेवाग्राहीको सुविधाका लागि सेवा कार्य वडाबाटै सञ्चालन गर्नु पर्ने । .विगतका आवेदन फाराम र दस्तूर सम्बन्धी अनियमितता छानबिन गरी दोषीमाथि कारबाही गर्नु पर्ने र रिक्त पदहरूमा योग्यता, अनुभव र प्रतिस्पर्धामार्फत पारदर्शी नियुक्ति सुनिश्चित गर्नु पर्ने बुँदा उल्लेख छ । ज्ञापान पत्र बुझाउन क्षेत्रीय संयोजक अशिम दाहालको नेतृत्वमा क्षेत्र तथा नगरको टोली मेचीनगर पुगेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु