मेचीनगर । प्याब्सन मेचीनगर यतिखेर सप्ताहव्यापी खेल उत्सवमा जुटिरहेको छ । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गराउने उद्देश्यले प्याब्सन मेचीनगरले प्याब्सन मेचीनगर स्पोर्ट मिट २०८२ सप्ताहब्यापी रुपमा सञ्चालन गरेको हो ।
मंगलबारबाट सुरु भएको कार्यक्रम आइतबार सम्म सञ्चालन हुने छ । प्याब्सनले नगरका बिभिन्न क्षेत्रमा भिन्न भिन्न विद्यामा प्रतियोगिता आयोजना गरिरहेको छ ।

मेचीनगर ६ स्थित काँकरभिट्टा सामुदायिक हलमा टेवल टेनिस, र मेचीनगर ३ स्थित बडाखालमा फुटबल प्रतियोगिता र मेचीनगर ८ स्थित सेन्ट्रीमा क्रिकेट प्रतियोगिता सम्पन्न गरेको प्याब्सन मेचीनगरका उपाध्यक्ष सुरेन्द्र न्यौपानेले जानकारी दिए ।
शुक्रबारबाट प्याब्सनले मेचीनगर १० स्थित हिमाालयन इङ्लिस एकाडेमीको खेल मैदानमा महिला तथा पुरुष भलिबल प्रतियोगिता तथा मेचीनगर २ स्थित मेजस माविको खेल मैदानमा एथलेटिक्स खेल प्रतियोगिता सुरु गरेको छ । सो प्रतियोगिता शनिबार समेत सञ्चालन हुने छ । प्याब्सन मेचीनगरमा आवद्ध अधिकांश विद्यालय सहभागि सो प्रतियोगिता आइतबार समापन हुने प्याब्सन मेचीनगर अध्यक्ष विक्रम क्षेत्रीले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्