मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा सञ्चालित खेल सप्ताह सम्पन्न भएको छ ।
विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गराउने उद्देश्यले प्याब्सन मेचीनगरले, प्याब्सन मेचीनगर स्पोर्स मिट २०८२ सप्ताहब्यापी रुपमा सञ्चालन गरेको थियो ।
२५ गते मंगलबारबाट काँकरभिट्टा र बडाखालबाट सुरु भएको सप्ताहब्यापी कार्यक्रम आइतबार धुलाबारी स्थित हिमालयन इङ्लिस एकाडेमीमा औपचारीक कार्यक्रम गर्दै सम्पन्न भएको प्याब्सन मेचीनगरकी कोषाध्यक्ष समिक्षा पौडेलले जानकारी दिनु भयो ।

प्याब्सनले मेचीनगरका बिभिन्न स्थानमा फुटबल, भलिबल, टेवलटेनिस, क्रिकेट लगायतका बिभिन्न प्रतियोगितात्मक खेलहरु आयोजना गरेको थियो ।
प्रतियोगितामा छात्र फुटबल तर्फ युनाइटेट इङ्लिस स्कूलले उपाधि जित्यो, खेलमा युनाइटेड र दोकानडाँडा स्कूलबीच प्रतिष्पर्धा भएको थियो । सो प्रतियोगितामा दोकानडाँडा उपविजेता घोषित भयो ।
छात्रा फुटबल तर्फ थेसिस इङलिस स्कूल उत्कृष्ट घोषित भयो । छात्रा फुटबल खेलमा थेसिस र गंगा मेमोरियल बीच प्रतिष्पर्धा भएको थियो । प्रतिष्पर्धामा गंगा मेमोरियल उपविजेता बन्यो । प्याब्सनले मेचीनगर – ३ स्थित बडाखालको खेल मैदानमा फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।
त्यसैगरी छात्र भलिबल तर्फ एभरेष्ट भ्यू अंग्रेजी मावि प्रथम घोषित भयो । सो प्रतियोगितामा तारापुञ्ज उपविजेता बन्यो । छात्रा भलिबल तर्फ थेसिस इङ्लिस स्कूल विजेता बन्यो । सो प्रतियोगितामा पूर्वाञ्चल इङ्लिस स्कूल उपविजेता घोषित भयो ।

त्यसैगरी प्लस टु तर्फको छात्र ÷ छात्रा भलिबल प्रतियोगितामा हिमालयन इङ्लिस एकाडेमी उत्कृष्ट घोषित भयो । सो प्रतियोगितामा होलिबेल इङ्लिस स्कूल उपविजेता बन्यो ।

छात्र तर्फको कवड्डी खेलमा हिमालयन इङ्लिस एकाडेमी उत्कृष्ट घोषित भयो । सो प्रतियोगितामा युनाइटेड इङ्लिस स्कूल उपविजेता बन्यो । त्यसैगरी सोही विद्याको छात्रा तर्फको खेलमा युनाइटेड इङ्लिस स्कूल प्रथम घोषित भयो भने होलिबेल इङ्लिस स्कूल उपविजेता बन्यो ।
त्यसैगरी क्रिकेट प्रतियोगितामा पारिजात इङ्लिस स्कूलले उपाधि रच्यो । सो प्रतियोगितामा कन्भेन्ट स्कूल उपविजेता घोषित भयो ।

काँकरभिट्टामा भएको टेवल टेनिस प्रतियोगितामा लोत्से इङ्लिस स्कूल प्रथम, होलिबेल इङ्लिस स्कूल दोस्रो तथा सेन्टपल्स एकाडेमी तेस्रो घोषित भयो ।
प्रतियोगितामा उत्कृष्ट विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कुत गरिएको थियो । नगरस्तरीय छात्र ÷ छात्रा भलिबल प्रतियोगितामा विजेता बन्न सफल विद्यालयहरु आगामी जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा सहभागि हुने प्याब्सन मेचीनगरका अध्यक्ष विक्रम क्षेत्रीले जानकारी दिनु भयो ।
प्याब्सन मेचीनगरका उपाध्यक्ष सुरेन्द्र न्यौपानेको सभापतित्व तथा तारापुञ्ज अंग्रेजी माविका फाउण्डर सुरेन्द्र उप्रेतीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्याब्सन मेचीनगरका पदाधिकारी तथा विभिन्न विद्यालयका प्रिन्सिपलरुको उल्लेख्य सहभागिता रहेको थियो ।
प्याब्सन मेचीनगरकी कोषाध्यक्ष समिक्षा पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन हिमालयन इङ्लिस एकाडेमीका प्रिन्सिपल जगत तामाङले गरेका थिए ।


प्रतिकृया दिनुहोस्