मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्था लि.को २६ औं वार्षिक साधारण सभा सुरु भएको छ । मेचीनगर – ७ मा मुख्य कार्यालय रहेको सहकारीले बुधबार आजबाट क्षेत्रगत रुपमा साधारण सभा सुरु गरेको हो ।
सहकारीले बुधबार मेचीनगर –२ भृकुटी स्थित ज्येष्ठ नागरिकको सभाहलमा साधारण सभा गरेर क्षेत्रगत साधारण सभाको शुभारम्भ गरेको छ । सो कार्यक्रममा मेचीनगर १, २, ३ र ४ नम्बर वडा अन्तर्गत सहकारीको क्षेत्र नम्बर १ का सदस्यहरु सहभागि थिए ।

मेचीकृषक बहुमुखी सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीको सभापतित्व तथा स्थानीय जेष्ठ सदस्य टिकाराम सुवेदीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा मेची कृषक बहुमुखी सहकारी संस्थाका उपाध्यक्ष एवम् जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाले सहकारी एैंचो पैंचोको प्रारम्भीक रुप भएको बताउँदै अनुशासित, मर्यादित र समृद्ध समाज निर्माणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताए ।
‘समृद्ध समाज निर्मार्णको भरपर्दाै माध्यम सहकारी हो’, उनले भने, सहकारी आर्थिक मेरुदण्डको मुख्य आधार हो । सहकारीकै माध्यमबाट आर्थिक समृद्धि हासिल हुन्छ । त्यसकोलागि सहकारी सञ्चालन गर्न जान्नु पर्छ । उनले हाल देशभर ३३ हजार बढी सहकारी रहेको र केही सहकारीका सञ्चालक समिति र कर्मचारीको लापरवाहीका कारण देशभरका सहकारी यतिखेर बदनाम हुँदै गएको दुखेसो समेत पोखे । उनले मेचीनगरका एक दुईवटा सहकारी बाहेक सबै सहकारी विधि र पद्धती अनुसार सञ्चालन भइरहेको दावी समेत गरे । पछिल्लो समय सहकारीबाट चलाएको ऋण तिर्नु पर्दैन भनेर केही व्यक्तिहरुले चलाएको अफवाका पछि नलाग्न आग्रह गर्दै उनले भने, ‘एउटा सदस्यहरुले दुःख गरेर बचत गरेको पैसा अर्काे सदस्यले गर्जाे टार्न ऋण लिएको हुन्छ । अनि कसरी त्यो ऋण छुट हुन्छ ? के बचत गर्ने सदस्यले आफ्नो पैसा अनुदानमा दिन सक्छ ? उनले प्रश्न गरे ।
उनले सदस्यहरुले सहकारीको सञ्चालन प्रक्रियामा खासै ध्यान नदिँदा सहकारीहरु धरासायी बन्दै गएको समेत बताए ।

सो अवसरमा संस्थाका अध्यक्ष हरि बुढाथोकीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै मेची कृषक सहकारी सहकारीको मुल्य मान्यता र सिद्यान्त अनुसार गतिशील ढंगबाट अघि बढीरहेको बताए । उनले सहकारीले सदस्यहरुको हितमा बिभिन्न आयामको कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै आगामी दिनमा सदस्य केन्द्रित कार्यक्रमलाई थप प्राथमिकता दिएर अघि बढ्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
सदस्यहरुको विश्वास र कर्मचारीहरुको अथक मेहनतका कारण सहकारी राष्ट्रिय सहकारी पुरस्कारबाट समेत पुरस्कृत भएको बताउँदै मेची कृषकमा ढुक्क भएर आफ्नो कारोबार गर्न आग्रह समेत गरे ।
२०५६ सालमा ७८ जना सदस्यहरुको ३९ हजार शेयर पूँजीबाट सुरु भएको सहकारीमा हाल ६ करोड २८ लाख ३७ हजार तीन सय ३६ सेयर पुँजी, ९ हजार ४५० शेयर सदस्य पुगेको त्यसैगरी कोष हिसाब ६ करोड ६३ लाख ७१ ह्जार ९७२ रुपैयाँ २६ पैसा, कुल बचत मौजदात ४३ करोड, ८१ लाख ४१ ह्जार ५४३ रुपैया रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीले मेचीनगर – ८ स्थित सिर्जना चोकमा सामुदायिक पोष्ट हार्भेष्ट सेवाकेन्द्र सञ्चालन गरेको छ भने धुलाबारी, काँकरभिट्टा र भृकुटीमा गरी तीनवटा सेवा केन्द्र समेत हाल सञ्चालन गरिरहेको समेत अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । विगत केही वर्षदेखि सहकारीले विजबृद्धि कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा सञ्चालक सदस्य सूर्य अधिकारी, साजना श्रेष्ठ, कमल थापा, माधव आचार्य, श्यमलाल दाहाल, ऋषीप्रसाद निरौला, लेखा सदस्य शान्ति चौधरी, पोष्ट हार्भेष्ट सञ्चालन समिति सदस्य जगत गिरी लगायतको आतिथ्यता रहेको थियो ।
सो अवसरमा लेखा सुपरिवेक्षण समितिका सदस्य हेम प्रसाद कोइरालाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहकरी संस्थाको क्षेत्रनम्बर १ का सञ्चालन समिति संंयोजक कमल थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहकारी संस्थाका व्यवस्थापक विनोद ओझाले गरेका थिए । बिहीबार क्षेत्र नम्बर २ अन्तर्गत मेचीनगर ५ र ८ सदस्यहरु सम्मिलत साधारणसभा मेचीनगर ८ स्थित कृष्ण व्यासाश्रमामा र मंसिर १२ गते मेचीनगर ७ स्थित विष्णु लक्ष्मी मन्दिरमा हुने समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्