टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट तीन पत्रकार पुरस्कृत

2025-12-09 मा प्रकाशित

बिर्तामोड, २३ मसिंर । अन्तराष्ट्रिय भ्रष्टाचार दिवसको अवसरमा भ्रष्टाचार विरुद्ध कलम चलाउने तीन जना पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

आज दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकार इन्दू पूर्वेली, सुरेन्द्र भण्डारी र चिरञ्जिवी घिमिरेलाई पुरस्कृत गरेको हो । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा।कुमार शर्मा आचार्यले उनीहरुलाई नगदसहित सम्मान गरेका थिए ।

महासंघले हेम–सरिता फाउण्डेसन अमेरिकासँगको सहकार्यमा भ्रष्टाचारविरुद्ध तथा सुशासन प्रवद्र्धनको क्षेत्रमा कमल चलाउने, पत्रकारितामार्फत सुशासनको लागि महत्वपूर्ण योगदान पुर्याउने पत्रकारलाई हरेक बर्ष ५० हजार ५५५ रुपैयाँ राशीको पुरस्कार वितरण गर्दै आएको छ ।

सोही अनुरुप महासंघले यस बर्षको ५० हजार ५५५ रुपैयाँ राशीको पुरस्कारबाट चिरञ्जिवि घिमिरेलाई सम्मान गरेको छ । गत वर्ष २०८१ को पुरस्कारबाट पूर्वेली र भण्डारीलई जनही २५ हजार २२५ नगद राशीका दरले सम्मानित गरिएको छ ।

यसअघि सो पुरस्कारबाट राजबाबू शंकर पुरस्कृत भएका थिए । पुरस्कारका लागि ५ लाख ५ हजारको अक्षयकोष स्थापना गरिएको छ । सोही अक्षयकोषको ब्याजवाट प्रत्येक वर्ष महासंघले पुरस्कार वितरण गर्दै आएको छ ।

यसैगरी १६ दिने लैंङगिक हिंसा विरुद्ध कलम चलाउने जोस्ना श्रेष्ठ र रञ्जिता खड्कालाई महासंघले जनही पाँच हजारका दरले सम्मान गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु