इटाभट्टा । साहारा नेपाल साकोसले एकाईगत साधारण सभालाई तीब्रता दिएको छ । सहकारीले एकाईगत साधारण सभा अन्तर्गत मंगलबार इटाभट्टा सेवा केन्द्रको साधारण सभा सम्पन्न भएको छ ।

मेचीनगर –८ स्थित किरात याक्थुङ् चुम्लुङको सभाहलमा आयोजित साधारण सभामा सहकारीले उत्कृष्ट बचत कर्ता तथा उत्कृष्ट ऋणीहरुलाई सम्मान समेत गरेको छ । सहकारीले उत्कृष्ट बचत कर्ता तर्फ शान्तिराम निरौलालाई र उत्कृष्ट ऋणी तर्फ मोहन कुमार भेटवाललाई सम्मान गरेको छ । सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका अध्यक्ष एवम् अतिथिहरुले सम्मान पत्र सहित खादा ओढाएर सम्मान गरेका थिए ।

इटाभट्टा सेवाकेन्द्रका संयोजक राजन कुमार गिरीको सभापतित्व तथा केन्द्रिय कार्यालयबाट सहभागि बनेका केन्द्रिय प्रतिनिधि लक्ष्मी प्रसाद आचार्यले सहकारी संस्थाको अवस्थाको बारेमा चर्चा गर्दै अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । ‘मेरो गौरव मेरो साहारा सबैको लागि सँधैको लागि’ भन्ने नाराका साथ सहकारीले सदस्य केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढी रहेको उनको भनाइ थियो । उनले सहकारी संस्थाको वार्षिक नीति तथा कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
सो अवसरमा केन्द्रिय प्रतिनिधि एवम् ऋण सदस्य तारा भट्टराईले संस्थाको हालको लगानीको अवस्था बारे सदस्यहरुलाई जानकारी गराएकी थिइन् । कार्यक्रमलाई रोचक बनाउन सहकारी संस्थाकी कर्मचारी रञ्जना लाम्गादेले स्वागत नृत्य प्रस्तुत गरिन् ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै सेवाकेन्द्रका संयोजक राजन कुमार गिरीले जन्मदेखि मृत्यु सम्म हरेक सदस्यको साहार बनेर साहारा नेपाल उभिएको बताउँदै सदस्यहरुले समेत निर्धक्क भएर बचत तथा ऋणको कारोबार गर्न र आफ्नो व्यवसायलाई अगाडि बढाउन आग्रह गरे । सो अवसरमा इटाभट्टा सेवा केन्द्रकी कार्यालय प्रमुख चन्द्रकला पौडेलले सेवाकेन्द्रको अवस्थाको बारेमा जानकारी गराउँदै साहाराबाटै सबै खाले कारोबार गर्न आग्रह गरिन् ।

कार्यक्रममा मेचीनगर ७ की वडा सदस्य मिनमाया लिम्बू, ज्येष्ठ नागरिक समिति मेचीनगर ७ का अध्यक्ष पिताम्बर शर्मा, शिक्षक तेजप्रसाद चम्लागार्इँ, धुलाबारी क्याम्पसका पूर्व क्याम्पस प्रमुख पुष्पराज पौडेल, काँकरभिट्टा क्याम्पसका प्राध्यापक हेमकुमार खड्का लगायतको आतिथ्यता रहेको थियो । इटाभट्टा सेवा केन्द्र अन्तर्गत इकाई समितिकी सदस्य देशु बेघा वनेमले स्वागत गरेको कार्यक्रमको सञ्चालन इटाभट्टा सेवाकेन्द्रका सदस्य इन्द्र प्रसाद ढकालले गरेका थिए ।




प्रतिकृया दिनुहोस्