प्रशासकीय अधिकृत लम्सालको सरुवाको बिरोधमा मेचीनगरका वडा अध्यक्षहरुले बुझाए ज्ञापनपत्र

2020-11-09 मा प्रकाशित

मेचीनगर, २५, कात्तिक । स्थानीय सरकारसँग समन्वय नगरी प्रमुख प्रशासकीय अधिकृत दिननाथ लम्साललाई सरुवा गरिएपछि मेचीनगरपालिकाका वडाध्यक्षहरुले त्यसको बिरोध जनाएका छन् ।
भर्खरै सरुवा भई आउँनु भएका प्रमुख प्रशासकीय अधिकृत दिनानाथ लम्सालको एक महिना नपुग्दै गरिएको सरुवाले नगरको विकास निर्माणमा ठुलो असरपार्ने भन्दै वडाध्यक्षहरुले सोमबार मेचीनगर उपप्रमुख मिना पोख्रेल उप्रेती समक्ष ज्ञापनपत्र बुझाएका छन् । मेचीनगर उपप्रमुख मिनाज्येष्ठ नागरिकले साउनदेखि मासिक ४ हजार पाउने

झापा,१६ जेठ । ज्येष्ठ नागरिकले अव साउनदेखि मासिक ४ हजार पाउने भत्ता पाउने भएका छन् ।
सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर ४ हजार रुपैयाँ पुर्याएको छ ।
शनिबार आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएका हुन् ।

उनका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको छ । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए ।बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ ।

अनाथ, दलित, अपाङ्गता भएका र विपन्न परिवारका बालबालिकालाई प्रदान गरिने बाल संरक्षण अनुदानको रकममा एक तिहाई वृद्धि गरिएको छ ।

तत्कालीन एमाले सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष २०५१÷५२ को बजेटमा पहिलो पटक बृद्धभत्ताको नीति सुरु गरेका थिए । त्यसबेला बृद्धभत्ता पाउने उमेर ७५ वर्ष तोकिएको थियो र मासिक भत्ता जम्मा सय रुपैयाँ थियो ।

पछिल्ला वर्षहरुमा बृद्धभत्ता चुनावी गोटी बनेको भन्दै अर्थविद्हरुले चिन्ता व्यक्त गर्दै आएका थिए ।

२०७४ को आम चुनाव अगाडि वाम गठबन्धनले ५ हजार पु¥याउने उल्लेख गरेको थियो भने नेपाली कांग्रेस नेतृत्वको सरकारले बृद्धभत्ता पाउने उमेर ७० बाट घटाएर ६५ मा झार्ने प्रस्ताव गरेको थियो । तर उमेर घटाउने निर्णय कार्यान्वयनमा आएन ।

चाँडै वास्तविक कुरा सार्वजनिक गर्छाैं ः नगरप्रमुख आचार्य

मेचीनगर, ७ जेठ । ढुंगा गिटीर बलुवाको बिषयले मेचीनगर नगरपालिका आलोचित बन्दै गएपछि नगर प्रमुख बिमल आचार्यले यस बिषयमा चाँडै वास्तविक कुरा सार्वजनिक गर्ने
बताएका छन् । बिहीवार नगरको सभाकक्षमा पत्रकार सम्मेलन गरी नदीजन्य पदार्थ ९ढुंगा र बालुवा० विक्रीमा भएको अनियमितताको छानविन भइरहेको र चाडै वास्तविक कुरा सार्वजनिक गरिने नगरप्रमुख विमल आचार्यले बताए ।

पत्रकार सम्वेलनमा नगरप्रमुख आचार्य, उपप्रमुख मीना उप्रेती र प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझासहभागि थिए ।

मेचीनगर नगरपालिकाले मेची र निन्दा नदीको उत्खननबाट निस्कने ढुङ्गा, गिटी र वालुवा विक्रीका लागि तीन जना जनप्रतिनिधिलाई जिम्मेवारी ९ठेक्का जस्तै० दिएको थियो ।

तर, ती जनप्रतिनिधिले विक्रीमा मनोमानी र राजस्व दाखिलामा गडबडी गरेको आरोप लागेपछि कार्यपालिकाको गत चैत २० गतेको बैठकले नगरप्रमुख आचार्यको अध्यक्षतामा पाँच सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको थियो ।

समितिले अर्को उपसमिति समेत बनाएर छानविन गरिरहेको र त्यसको प्रतिवेदन नगरवासीसमक्ष सार्वजनिक गर्ने आचार्यले प्रतिवद्धता व्यक्त गरेका छन् ।

उपसमितिको संयोजकमा वडा नं। ११ का अध्यक्ष सन्तोष मेचे रहेका छन् । सदस्यमा वडा नं। १४ र १५ का अध्यक्षहरु शंकर पोखरेल र राजन भट्टराई रहेका छन् । छानविनमा नगरका कानूनी सल्लाहकार पदम डाँगीले सघाउने र आवश्यक कागजात प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले उपलब्ध गराउने निर्णय भएको उनले बताए ।

नदीजन्य पदार्थ विक्रीमा भएको मनोमानी र उठेको राजस्व अनियमितता बारेमा छानविन केन्द्रित हुने बताएका नगरप्रमुख आचार्यले नक्कली रसिद नगरपालिकामा बुझाइएको भन्ने विषयमा समेत वास्तविकता बाहिर ल्याइने जानकारी दिएका छन् ।

उनले छानविनको दायरामा को को परेका छन् भन्ने बारेमा भने बताउन चाहेनन् । ‘जो जो संलग्न छन्, सबैका बारेमा छानविन गरिने’ उनले बताए ।

राजस्व हिनामिना गर्नका लागि नक्कली रसिद बुझाइएको विषयमा ठेक्का जस्तै गरी जिम्मेवारी दिने तीन जना जनप्रतिनिधिसहित नगरपालिकाको जिन्सी र अन्य शाखा समेत छानविनमा तानिन सक्ने उनको सङ्केत थियो ।

केही दिनपछि प्रतिवेदन आउने र त्यसमा छानविन पूर्ण भएको रहेनछ भने यो विषयलाई माथिल्लो निकाय ९अख्तियार रु०मा पठाइने समेत उनले बताए ।

पत्रकार सम्मेलनमा नगरप्रमुख आचार्यले आफु कुनै पनि अनियमितताको घटनामा संलग्न नरहेको दावी गर्दै ढुंगा बालुवा काण्डमा आफ्नो नाम समेत मुछेर कतिपय मिडिया र सामाजिक सञ्जालमा समाचार आउने गरेकोमा आपत्ति जनाए ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत ओझाले पत्रकारहरुले सोधेका केही प्रश्नको जवाफ दिएका थिए ।
पोख्रेल उप्रेतीको कार्यकक्षमा पुगी वडा नं १० का अध्यक्ष सुवेशकुमार पनेरुको नेतृत्वमा वडा अध्यक्षहरुको टोलीले ज्ञापन पत्र बुझाएको थियो ।
ज्ञापनपत्र बुझाउन मेचीनगर ५ का वडाध्यक्ष योगेन थापा मगर , ४का वडाध्यक्ष नविन बराल, १५का वडाध्यक्ष गुणराज भट्टराई , ९का वडाध्यक्ष गोपाल खड्का १० का वडाध्यक्ष सुवेशकुमार पनेरु , ७ का वडाध्यक्ष चन्दन मेचे लगायत बिभिन्न वडाका वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।नगरपालिकामा एक महिनाको अवधिमा दुईजना नयाँ अधिकृतको सरुवा हुनुले नगरका विकास निर्माण तथा योजना कार्यान्वयनमा समस्या उत्पन्न भएको ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको छ ।
वडा अध्यक्षहरुले बुझाएको ज्ञापन पत्रमा भनिएको छ,‘ बिगतबाट नै प्रमुख प्रशासकीय अधिकृत लगायत महत्वपूर्ण जिम्मेवारीमा बसेका कर्मचारीहरुलाई राजनैतिक आस्था र हस्तक्षेपका आधारमा निर्धारित समयसम्म काम गर्न नदिई सरुवा गर्ने प्रबृत्तिले नगरका सम्पूर्ण विकासका योजनाहरुमा बाधा उत्पन्न हुँदै आएको छ’, ।
भर्खरै सरुवा भई आउँनु भएका प्रमुख प्रशासकीय अधिकृत दिनानाथ लम्सालको एक महिना नपुग्दै गरिएको सरुवाले सो प्रमाणित गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
‘नगरका प्रमुख कोरोना भाइरस संक्रमण भएर अस्पताल भर्ना भएको अवस्थामा गरिएको अधिकृतको सरुवा नियोजित हो र यस प्रकारको कार्य संघिय सरकारले नगरसंग समन्वय नगरी गरिएको सरुवा तथा निर्णय स्थानीय तहमा भएको प्रत्यक्ष हस्तक्षेप हो’, ज्ञापन पत्रमा भनिएको छ ।
।स्थानीय सरकार सँग समन्वय नगरी संघिय सरकारको आदेशामा गरिएको प्रमुख प्रशासकिय अधिकृतको सरुवा तत्काल खारेज गर्न ज्ञापन पत्रमा मागगरिएको छ । वडाध्यक्षहरुले आफ्नो माग सुनुवाई नभए कडाकदम चाल्ने जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु