झापामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

2020-11-10 मा प्रकाशित

मेचीनगर , २५ कात्तिक । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवलकी ६८ वर्षीय महिला, हल्दिबारी, गौरादह र मेचीनगरका क्रमशः ६०, २६, ५८ वर्षीय एक–एक पुरुष रहेको जनाइएको छ । योसँगै हालसम्म झापामा ज्यान गुमाउनेको संख्या ७० पुगेको जनाइएको छ ।
जिल्लामा थप ७५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसमा ५२ महिला र २३ पुरुष रहेका छन । आज थपिएका संक्रमितहरु सबै स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितहरुमा अर्जुनधाराका २, कन्काइका २, कमलका ७, गौरादहका ३, गौरीगञ्जका ५ दमकका २२, बुद्धशान्तिका १, बाह्रदशीका १, बिर्तामोडका १४, मेचीनगरका २, भद्रपुरका १०, हल्दिबारीका २, शिवसताक्षीका ४ गरि ७५ जना रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले बताए। हाल झापामा कुल संक्रमितको संख्या दुई हजार ७२४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु