काँकरभिट्टामा सेफ हाउस सञ्चालन

2020-11-10 मा प्रकाशित

मेचीनगर,२५ कात्तिक । चेलीबेटी बेचबिखन बिरुद्ध सचेतना र सिमा निगरानीको काम गर्दै आएको संस्था बिश्वसेवा बिस्तारले काँकरभिट्टामा सेफ हाउस सञ्चालनमा ल्याएको छ ।

संस्थाले मंगलबार एक कार्यक्रमकाबीच सेफ हाउस शुभारभ्भ गरेको हो । सेफ हाउसमा एक पटकमा करीब २० जना चेलीहरु राख्न सकिने आयोजकले जनाएको छ ।

चेलीबेटी बेचबिखनको मुख्य नाका मध्ये काकरभिट्टा नाका पनि एक रहको कारण बिगत लामो समयदेखि सिमा निगरानीमा बिषेश भुमिका निर्वाह गर्दै आएको विश्व सेवा बिस्तारले बेचबिखनमा परेर उद्धार गरिएका वा बेचबिखन हुनबाट जोगाएका चेलीहरुका लागि सुरक्षित बासस्थानका रुपमा काकरभिट्टामा नै सेफ हाउस सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष मिलनमणी प्रधानले बताउनु भयो ।

सेफ हाउस शुभारभ्भ कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले खुला समानामा चेलीबेटी बेचबिखनको नियन्त्रण र निगरानी गर्न प्रहरीले मात्रैलाई निक्कै कठिन हुने भएकाले यस्ता संस्थाहरुले गर्ने सिमा निगरानीमा प्रहरीलाई सहयोग पुग्ने र चेलीबेटीको उद्धार र अपराधीलाई कारबाही गर्न सजिलो हुने बताउनु भयो । नायब उपरीक्षक पोखरेलले बिश्व सेवाको काममा प्रहरीले निरन्तर सहयोग गरिरहने समेत बताउनु भयो ।

कार्यक्रममा बोल्दै मेचीनगर ६ का वडा अध्यक्ष ललितबहादुर तामाङले चेलीबेटी बेचबिखन नियन्त्रण सिमा क्षेत्रको ठुलो चुनौतीको रुपमा रहेकाले यस्ता संस्थाको सहयोगले बेचबिखनमा नियन्त्रण तथा अभर परेका चेलीहरुको उद्धारमा समेत सहयोग पुग्ने बताउनु भयो । वडा अध्यक्ष तामाङले स्थानीय तहको तर्फबाट संस्थाको सकरात्मक कामलाई साथ रहने समेत बताउनु भयो ।

कार्यक्रममा पत्रकार महासंघ झापाका सचिब सन्तोष आचार्यले सिमाका अनेकन चुनौतिहरु मध्ये संवेदनशील बन्दै गएको चेलीबेटी चबिखनलाई नियन्त्रणका लागि प्रभावकारी काम गर्न सुझाव दिनु भयो । आचार्यले चेलीबेटी बेचबिखन नियन्त्रणका लागि गरिएका सबैखाले प्रयासलाई झापाली पत्रकारले बलियो साथ दिने समेत बताउनु भयो ।

कार्यक्रममा संस्थाका कानूनी सल्लाहाकार गणेश श्रेष्ठले संस्थाले आगामी दिनको कार्ययोजना प्रस्तुत गर्दै स्थानीय अन्य संघ संस्था र सरोकारवालाहरुसंगको सहकार्यमा काम गर्ने बताउनु भयो । उद्धार गरेर सेफ हाउसमा राखिने चेलीहरुलाई जीवन उपयोगी शीप सिकाउने र त्यसका लागि पहिलो चरणमा १० थान सिलाई मेशीन समेत सेफ हाउसमा राखिएको श्रेष्ठले बताउनु भयो ।

संस्थाका अध्यक्ष मिलनमणी प्रधानको अध्यक्षतामा सम्पन्न शुभारभ्भ कार्यक्रममा काकरभिट्टा खानेपानी संस्थाका उपाध्यक्ष शारदा पराजुली, साना हातहरुका अध्यक्ष रमेश गुरुङ, लक्ष्मी कार्की लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संञ्चालन संस्थाका सचिब अशोक कुमार प्रधानले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु