सिम्रिकसाकोसले दियो प्रहरीलाई मास्क र सेनीटाइजर

2020-11-11 मा प्रकाशित

विर्तामोड,२६ कातिक । विर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत् प्रहरीहरुलाई मास्क र सेनीटाइजर वितरण गरेको छ ।
सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत , विभागीय प्रमुख प्रेम बस्नेत विजयलगायतको टोलीले बुधबार जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालालाई मास्क र सेनीटाइजर हस्तान्तरण गरेको हो ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनदिनै बढिरहेको यो समयमा आफ्नो ज्यानको जोखिम मोलेरै कार्यक्षेत्रमा खटिने प्रहरीहरुलाई कोरोना भाइरसबाट बच्न सहज होस् भन्ने उद्धेश्यले संस्थाले जिल्ला प्रहरी कार्यालय झापा पुगेर त्यहाँ कार्यरत् प्रहरीहरुलाई पाँच सय पिस मास्क र ५० लिटर सेनीटाइजर वितरण गरेको संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए ।

कोरोना भाइरसको संक्रमणको उच्च जोखिमका बाबजुद आफ्नो पेशाबाट विचलित नभई सुरक्षितसाथ काम गर्न प्रहरीहरुलाई सजिलो होस् भनेर संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत मास्क र सेनीटाइजर प्रदान गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले कोरोना कहरको यो समयमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत् प्रहरीहरुलाई मास्क र सेनीटाइजर वितरण गरेकोमा सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको प्रशंसा गरेका थिए ।

कार्यक्रमको सहजीकरण सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका विभागीय प्रमुख प्रेम बस्नेत विजयले गरेका थिए । पूर्वाञ्चलबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु