प्रतिबन्धित लागु पदार्थसहित ५जना पक्राउ

2020-11-11 मा प्रकाशित

झापा,२६ कार्तिक। प्रहरीले झापामा प्रतिबन्धित लागु पदार्थसहित पाँच जनालाई पक्राउ गरेको छ । बिर्तामोड(२ बाट ४ जना र एकजना कचनकवलबाट पक्राउ परेका हुन् ।

प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले चार जना युवालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिर्तामोड(२ का २५ वर्षिय मोहनकुमार ओली, बर्ष २४ का दयालाल राजबंशी, बर्ष ३१ का संजयकुमार राजबंशी र बर्ष २० का अरुणकुमार राजबंशी रहेका छन् ।

बिर्तामोड(२ फुलबारी टोल बस्ने मोहनकुमार ओलीको घरको कोठामा लागुऔषध खरिद बिक्री भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध प्लाष्टिकसहित ६ ग्राम ८५० मिलीग्राम ब्राउनसुगर जस्तो देखिने खैरौ पदार्थ बरामद गरिएको छ ।

बरामद लागुऔषध र उनीहरु चारै जनालाई प्रहरी टोलीले तत्कालै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै भारतबाट नेपालतर्फ साइकलमा लुकाइछिपाइ लागुऔषध ल्याउँदै गरेको अवस्थामा प्रहरीले कचनकवलबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर(४ बस्ने ३७ वर्षिय डिल्ली ठाकुर रहेका छन् ।

उनलाई कचनकवल(५ डाँगीबारी चिया बगानमा प्रहरी चौकी पाठामारीबाट गएको टोलीले पक्राउ गरेको हो । उनको साथबाट नाइट्रोन ३७ थान , कोरेक्स १२ थान , सेर एक थान बरामद गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु