झापामा आज ८५ जना कोरोना संक्रमित थपिए

2020-11-11 मा प्रकाशित

मेचीनगर २६ कार्तिक । झापामा कोरोना संक्रमण तीव्र रुपमा फैलिदै गएको छ । जिल्लामा आज ८५ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका ८५ संक्रमित मध्ये दमकका ३७ जना रहेका छन् । दमकको ४ नम्बर वडा बाहेक सबै वार्डका १८ जना महिला र १९ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाको बिर्तामोडमा १३ संक्रमित , गौरादहमा १ जना, मेचीनगरमा ४ जना, भद्रपुर १०, कन्काइमा ४ जना थपिएका छन् । यसैगरि हल्दीबारीमा ४ जना, अर्जुनधारामा २ जना, बुद्धशान्तीमा १ जना, कचनकवल २ कमलमा ६ जना, शिवसताक्षी १ जना, झापामा २ जना र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण पुष्टि भएको छ । आजसम्म झापामा २८०९ जनामा संक्रमण देखिएको छ । झापामा कोरोना संक्रमणबाट ७० जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु