कोरोना संक्रमितलाई आपतकालिन अक्सिजन र पौष्टीक आहार उपलब्ध गराउने मेचीनगरको निर्णय

2020-11-11 मा प्रकाशित

इटाभट्टा,२६ कार्तिक ।मेचीनगर नगरपालिकाले आफ्ना नागरिकका लागि आपतकालिन अक्सिजन र पौष्टीक आहार उपलब्ध गराउने निर्णय गरेको छ । नगरकार्यपालिकाको आज सम्पन्न बैठकले कोरोना संक्रमणका बेला अक्सिजनको कमीका कारण गभ्भिर समस्या आउने भएकाले आम नगरबासीको जीवन रक्षाका लागि नगरपालिकाले आपतकालिन अवस्थामा भएका बिरामीहरुका लागि अक्सिजन उपलब्ध गराउने निर्णय गरेको उपप्रमुख मिना उप्रेतीले जानकारी दिनु भयो ।
कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै गइरहेकाले अक्सिजन अभावका कारण नगरबासीको मृत्यु हुन सक्ने अवस्थाको आंकलन गरेर नगरपालिकाको तर्फबाट अक्सिजन चाहिने बिरामीहरुलाई उपलब्ध गराउने गरी अक्सिजन सिलिण्डरको ब्यवस्था गर्ने प्रक्रिया अगाडी बढाइसकिएको उपप्रमुख उप्रेतीले बताउनु भयो ।
कार्यपालिका बैठकले अति बिपन्न परिवारका सदस्यहरुमा कोरोन संक्रमण भएकामा उनीहरुलाई कम्तिमा १४ दिनका लागि पौष्टीक आहार नगरपालिकाको तर्फबाट उपलब्ध गराउने निर्णय हो ।
आजकै बैठकले नगरका संक्रमितहरुको अवस्था बुझ्न र उनीहरुलाई आवश्यक स्वास्थ्य तथा अन्य परामर्श दिनका लागि स्वास्थ्यकर्मीहरु सम्मिलित रेपिड रेसपोन्स टिम बनाउने समेत निर्णय गरेको छ । उक्त टिमले दैनिक रुपमा संक्रमितहरुसंग टेलिफोन मार्फत स्वास्थ्य अवस्थाको जानकारी लिने र आवश्यक अन्य परामर्श सहित सहयोग गर्ने बताईएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु