मेचीनगर १० । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर १ ले शनिवारबाट चुनाव केन्द्रित कार्यक्रम सुरु गरेको छ ।
कांग्रेसले शनिवार मेचीनगर वडानम्बर ७, ८ र ११ नम्बर वडामा प्रचार कार्यालय स्थापना गरेर सशक्त ढंगबाट निर्वाचनमा होमिन कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।
इटाभट्टामा रहेको वडा प्रचार कार्यालयको उदघाट्न गर्दै काँग्रेसका तर्फबाट झापा १ का उम्मेद्वार केशवराज पाण्डेले नेपाली कांग्रेस जनभावना अनुसार रुपान्तरित भएर नविनतम सोचका साथ अघि बढेको बताउँदै नविनतम कांग्रेसलाई मतदाताहरुको साथ र समर्थन रहेने विश्वास व्यक्त गरे । ‘म मर्दाको मलामी र बाँच्दाको जन्ती भएर समाजमा दुःख सुखको साथी बनेर मेचीनगरमै हुर्किएको मान्छे हुँ । यो निर्वाचन क्षेत्रका कुना कन्दरा सबै ठाउँलाई मैले बुझेको छु । सामाजिक क्षेत्रमा पनि मेरो योदान छ । त्यसैले मतदाताहरुले मलाई अत्यधिक मत दिएर विजयी गराउनु हुने छ । यस कुरामा म विश्वस्त छु,’ उनले भने । पुराना पार्टी सकिँदै छन् । नयाँको लहर चलेको छ भनेर चलाइएको हल्लाको पछि नलाग्न समेत उनले कार्यकर्ताहरुलाई आग्रह गरे ।
‘काँग्रेसको संगठन जरासम्म छ,’ उनले भने, ‘टोल टोलका काँग्रेस कार्यकर्ताहरु बाहिर निस्किए पछि अन्य पार्टीले प्रचार समेत गर्न सक्दैनन् ।’ काँग्रेसको संगठनकै कारण आफूले चुनाव जित्ने पाण्डेको दाबी थियो ।

प्रचार कार्यालय उद्घाटनमा बोल्दै काँग्रेस प्रदेश समिति सदस्य तथा मेचीनगरका निवर्तमान प्रमुख बिमल आचार्यले देश गम्भीर संकटबाट गुज्रीरहेको भन्दै देशलाई संकटबाट जोगाउन कांग्रेसलाई पहिलो शक्तिको रुपमा स्थापित गर्नु पर्ने बताए । ‘जेन– जी युवाहरुको भावनालाई आत्मसाथ गरेर कांग्रेसले केन्द्रीय नेतृत्व मात्र परिवर्त मात्र गरेन नीति समेत परिवर्तन गर्याे, कांग्रेस अब नविन शोचका साथ अघि बढेको छ,’ उनले भने । समाजसेवी केशवराज पाण्डे युवाहरुको ढुक्ढुकी र लोकप्रिय नेता भएकोले प्रत्यक्ष तर्फ पाण्डेलाई मत दिएर विजयी गराउन तथा समानुपातिकमा समेत कांग्रेको रुख चिन्हमा मतदान गर्न आग्रह गरे । उनले कांग्रेले जितेको समयमा भएका विकास निर्माणका कामलाई जनसमक्ष पुर्याउन समेत आग्रह गरे ।
सो अवसरा बोल्दै काँग्रेसका क्षेत्रीय सभापति इन्द्र बहादुर बुढाथोकीले गगन थापालाई भावी प्रधानमन्त्री बनाउन झापा १ मा काँग्रेसले जिताएर पठाउनु पर्ने बताए । ‘लोकतन्त्रको रक्षा र गगन थापालाई प्रधानमन्त्री बनाउन काँग्रेसले जित्नु पर्छ,’ बुढाथोकीले भने ।
कार्यक्रममा काँग्रेसका अग्रज नेता राम कट्टेल, समानुपातिक उम्मेद्वार राधा कार्की, काँग्रेसका अगुवा नेता युद्धराज ओली लगायतले चुनावमा काँग्रेसको सिङ्गो संगठन परिचालन हुनु पर्नेमा जोड दिए ।
काँग्रेस वडा सभापति कञ्चन बरालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव सुरज सुवेदीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्