प्रहरीद्धारा २० लाख बढीको पटाका नष्ट

2020-11-12 मा प्रकाशित

मेचीनगर,२७कात्तिक । प्रहरीले झापा जिल्लको बिभिन्न ठाउँबाट पक्राउ गरेको करिब २० लाख बढीको बारुदजन्य पटाका आज प्रहरी कार्यालय झापाले नष्ट गरेको छ।
करिब एक महिनाको अवधिमा बरामद गरिएको विभिन्न प्रकारको पटाकालाई बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरी कार्यालय झापाले कार्यालय परिसरभित्रै खाल्डो खनेर नष्ट गरेको हो । ।
प्रहरीले घरमा छापा मारेर र सीमा नाकाबाट भित्रिँदै गरेको अवस्थामा सो मूल्य बराबरको पटाका बरामद गरेको प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाले बताए । प्रहरीले अढाई सय सटसम्मको आकाशमा पड्किने पटाका, जगमग, खुर्सानी, झिरझिरे, अनार लगायत नाम गरेका पटाकाहरू भद्रपुर, काँकडभिट्टा, गौरीगञ्ज, झापा गाउँपालिका लगायतको क्षेत्रबाट बरामद गरेको एसपी कोइरालाले बताए ।
भद्रपुरमा मात्रै प्रहरीले छापा मारेर चार वटा घरबाट करिब १५ बोरा भन्दा पटाका बरामद गरेका थियो । जिल्लासँग जोडिएको भारतको पश्चिम बङ्गालमा समेत पटाका प्रतिबन्ध छ । तर, विहारसँग जोडिएको जिल्लाका नाकाहरूबाटै ठुलो परिणाममा पटाका भित्रिदै आएको छ ।
विहारमा भने पटाका खुलेआम किनबेच हुन्छ । पटाका नेपाल भित्राए बापत कारोबारी र तस्करलाई सय प्रतिशत सम्म नाफा हुन्छ । यो समयमा कारोबारी र तस्करीले अन्य धन्दा छाडेर प्रतिबन्धित पटाका भित्राउन लागि पर्ने गरेको स्रोतको दाबी छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु