कांग्रेसले चुनावका लागि केन्द्रीय संयन्त्र परिचालन गर्ने

2026-01-31 मा प्रकाशित

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनमा जनमत जुटाउन नेपाली कांग्रेसले चुनावी रणनीतिलाई कसिलो बनाउँदै लगेको छ । नेपाली कांग्रेसले प्रचार प्रसालाई प्रभावकारी बनाउन केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई सबै जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले संगठनलाई निर्वाचनमा प्रभावकारी नतिजा ल्याउन केन्द्रीय तहका सबै पदाधिकारी र सदस्यहरूलाई जिल्ला–क्षेत्रस्तरमा खटाउने जानकारी दिए ।
प्रवक्ता चालिसेले जनताबाट अनुमोदन प्राप्त गर्ने राजनीतिक संस्था कहिल्यै पुरानो नहुने भन्दै व्यक्तिहरू मात्र समयसँगै पुराना हुने बताए । ‘पार्टी पुरानो हुँदैन, विचार नयाँ दिने हो, नेतृत्व नयाँ दिने हो,’ उनले भने, ‘विश्वभर नै पुराना पार्टीहरूमा नयाँ नेतृत्व उदाउँछन् र त्यही प्रक्रियाबाट भरोसायोग्य भविष्य निर्माण हुन्छ ।’
लोकतान्त्रिक अभ्यासमा नागरिकको मत निर्णायक हुने उल्लेख गर्दै उनले आगामी निर्वाचनले देशको भावी दिशा तय गर्ने बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु