मेचीनगर । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले जेनजी भावना अनुसार कांग्रेस रुपान्तरित भएको बताउँदै देशको समृद्धि र विकासकोलागि आगामी चुनामा कांग्रेसले जनमत प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
मेचीनगरको धुलाबारीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
‘युवाहरुको भावनालाई बुझेर कांग्रेस रुपान्तरित भएको छ । कांग्रेसले नेतृत्व मात्र होइन नीति पनि बदल्यो अव देश बदल्न नविनतम कांग्रेसको खाँचो छ ’, उनले भने ।
‘यसपटक हुने चुनाव विगत र भविश्यमा हुने चुनाव भन्दा पृथक हुने छ,’ उनले भने, ‘ देश जटिल परिस्थितिबाट जुज्रीरहेको छ, देशमा छाएको संकट समाधान गर्ने साहस कांग्रेसमा छ । उनले भने, ‘पार्टीको नेतृत्व बदल्न सक्ने कांग्रेसले अब देश बदल्छ ।’ अरु पार्टीहरुले जेनजी भावनलाई स्वीकार नगरेको समेत उनको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि शर्माले आफूले यस अघि भएको निर्वाचनमा ५ वर्षसम्म जनताको सेवा गर्ने प्रतिवद्धता जनाएर आएको भएपनि अढाई वर्षमा संसद विगठन भएको बताउँदै उनले समाज बदल्ने जिम्मेवारी अब केशवराज पाण्डेको काँधमा आएको बताए । उनले आफू निर्वाचित भएपछि झापा क्षेत्र १ को विकास निर्वाणमा थुप्रै महत्वपूण कामहरु सम्पन्न भएको समेत जानकारी दिए ।
उनले झापा १ का काँग्रेसका उम्मेद्वार केशबराज पाण्डे यस क्षेत्रको सबै बिषयमा जानकार योग्य व्यक्ति भएकाले पनि रुख चिन्हमा मतदान गरेर पाण्डेलाई विजयी बनाउन शर्माले अपिल गरे
निजि विद्यालयलाई गैर नाफमुलक बनाउने प्रावधान गलत भएको बताउँदै फागुन २१ गतेको निर्वाचन पछि बस्ने संसदले उक्त प्रावधानलाई हटाएर शिक्षा विद्येयक पारित गर्ने समेत शर्माको दावी थियो ।

सो अवसरमा प्रतिनिधि सभा उम्मेदवार केशवराज पाण्डेले शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका यावता विषयमा कांग्रेसले अभियान सञ्चालन गर्ने बताए । उनले संघीय संसद विश्वप्रकाश शमाले समाज बलल्न थालेका अभियानको चर्चा समेत यरे । भ्रष्टचार मुक्त समाज निर्माण गर्ने उनको भनाइ थियो ।
सो अवसरमा नेपाली कांग्रेस क्षेत्रीय सभापति इन्द्र बहादुर बुढाथोकीले युवाहरुको ढुकढुकी केशवराज खापण्ेलाई अमूल्य मत दिएएर विजयी गराउन आग्रह समेत गरे ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, प्रदेश सांसद गोपाल तामाङ, समानुपातिक उम्मेद्वारद्वय गोमा भट्टराई र राधा कार्की, काँग्रेस झापाका सभापति देउकुमार थेबे लगायतले काँग्रेसका उम्मेद्वारलाई विजयी बनाउन सबै काँग्रेस कार्यकर्ताले पाएको जिम्मेवारी पुरा गर्ने गरी प्रचार अभियानमा लाग्न आग्रह गरेका थिए ।
कार्यक्रमको सञ्चालन क्षेत्र क का सभापति हरि बुढाथोकीले गरेको थिए ।

प्रतिकृया दिनुहोस्