झापामा थप ६३ मा कोरोना

2020-11-13 मा प्रकाशित

मेचीनगर ,२८ कात्तिक । झापा जिल्लामा आज ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंले दिनु भएको जानकारीमा आज १८ महिला र ४५ पुरुषमा कोरोना संक्रमण भएको छ ।
कचनकवलमा १४, दमक र बिर्तामोडमा १३, १३ जना, गौरादह, मेचीनगरमा ५,५ जना, कमल गाउँपालि र अर्जुनधारामा ३,३ जना र भद्रपुर र शिवसताक्षीमा २,२ जनामा संक्रमण भएको हो ।
त्यस्तै बुद्धशान्ति, बाह्रदशी र झापा गाउँपालिकामा १,१ जनामा संक्रमण भएको छ ।
संक्रमित मध्ये आज ३ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा दमक ६ का ८७ बर्षीय पुरुष, शिवसताक्षी ६ का ६३ बर्षीय पुरुष र अर्जुनधारा ७ का ६१ बर्षीय पुरुष रहेका छन् ।
झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ७१ हुँदा हालसम्म ७५ कोरोना संक्रमितको निधन भएको छ । जिल्लामा कोरोना संक्रमितको कुल संख्या २ हजार ९१६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु