लगनशील कृषि सहकारीको १३ औं बार्षिक साधारणसभा सम्पन्न

2020-11-13 मा प्रकाशित

दमक । कमल गाउँपालिका ५ स्थित लगनशील कृषि सहकारी संस्थाको १३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष लालबहादुर विष्टको सभापतित्व तथा सहकारीका पूर्व अध्यक्ष समेत रहेका कमल ५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष विष्टले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै लेखा संयोजक युवराज कार्कीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा चन्द्रदर्शन शाकोसका अध्यक्ष वालकृष्ण गौतम, यूनाईटेड शाकोसका अध्यक्ष ललित वान्तवा, हाम्रो सुरक्षा शाकोसका अध्यक्ष गोविन्द तिवारी, लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिकी अध्यक्ष उषा भण्डारी लगायतले बोलेका थिए।
साधारणसभाको वन्दसत्रले गतवर्षसहित आर्थिक बर्ष २०७७ , ७८ का लागि प्रस्तावित नीति तथा कार्यक्रमहरु समेत पारित गरेको व्यवस्थापक तिलक कार्कीले जानकारी दिए ।सोअवसरमा ज्येष्ठ नागरिक ,उत्कृष्ठ बाल बचत,उत्कृष्ठ भैसीपालन,उत्कृष्ठ कुखुरापालन, उत्कृष्ठ दुध उत्पादन किसान, उत्कृष्ठ तरकारी खेती,स्वच्छ दुध उत्पादन,नियमित दुध उत्पादन,ज्येष्ठ किसान लगायत चार दर्जन बढी शेयर सदस्यलाई पुरस्कृत गरिएको थियो । भने उत्कृष्ठ हुने दुध उत्पादक किसानलाई दुध राख्ने ट्यांकी प्रदान गरिएको थियो । त्यस्तै, विभिन्न क्षेत्रका उत्कृष्ठ किसानहरुलाई कृषि औजारहरु प्रदान गरि पुरस्कृत गरेको थियो ।कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष गोविन्द खनाले गरेका थिए

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु